back
CTIZAN AD

बालुवा उत्खननले कोल्पुखोलाको पुल जोखिममा

वि.सं.२०७६ असार २९ आइतवार

1.3K 

shares


२९ असार, विदुर । नदी दोहन बढेपछि नुवाकोट र धादिङको सिमानामा रहेको कोल्पुखोलाको पुल जोखिममा परेको छ । स्थानीय प्रशासन र प्रहरीले पुल वरपर बालुवा झिक्न रोक लगाए पनि बालुवा तस्करहरुले रातको समयमा खोलाबाट बालुवा निकाल्ने हुँदा पुल जोखिममा परेको हो ।

पुल वरपर बालुवा झिकेसँगै जोखिम बढेको भन्दै जिल्ला समन्वय समिति नुवाकोट, बेलकोटगढी नगरपालिका र बालुवा तस्करहरुविरुद्ध उजुरीसमेत परेको छ । स्थानीयवासीले पुलै जोखिममा पारेर तस्करले बालुवा झिक्ने गरेको भन्दै आफूसमक्ष उजुरी आएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताए । सो विषयमा जिल्ला समन्वय समितिका प्रमुख तामाङले गत साता जिल्ला आपत्कालीन समितिको बैठकमै बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानालाई सचेत गराइएको थियो । । नुवाकोटको काशीटारदेखि कोल्पुटारसम्म बालुवा बोकेका लामबद्ध टिपरले बस, माइक्रोबस र साना सवारीलाई आवतजावत गर्न गाह्रो परेको चालक बताउँछन् ।

पुल नजिकका क्षेत्रमा ढुङ्गागिट्टीको उत्खनन कार्य निरन्तर गरिएकाले पुलको बिम रहेको खोलाको सतह गहिरिँदै जाँदा पुल सङ्कटमा परेको हो । एक दशकअघि निर्माण भएको पुल रहेको खोलाको सतह झण्डै एक मिटरभन्दा बढी गहिरिइसकेको स्थानीयवासीको भनाइ छ । अनियन्त्रितरूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्दा पुल जोखिममा परेको हो । स्थानीय स्वायत्त शासन नियमावलीमा पक्की पुलको वरपर २०० मिटर क्षेत्रफलमा ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य वस्तु उत्खनन गर्न रोक लगाएको छ । नियमावलीले पुलको वरपर बालुवा, ढुङ्गा, गिट्टीलगायत नदीजन्य उत्पादन झिक्न नपाइने व्यवस्था गरेको छ ।

स्थानीयवासीले पुल क्षेत्रमा पनि दर्ता नगरी चोरी निकासी गर्नेहरुले भने बेलाबेलामा उत्खनन गर्ने गरेको गुनासो गरेका छन् । त्रिशूली नदीमा बालुवा, गिट्टी उत्खननले पुलको पिलर रहेको क्षेत्रमा खोलाको सतह गहिरिँदै गइरहेको छ । नदीमा स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाइए पनि ठेकेदारले कोल्पु दोभानबाट स्काभेटर प्रयोग गरी नदीजन्य वस्तु उत्खनन कार्य गरिरहेको छ । यसको प्रभावकारी अनुगमन नहँुदा राज्यले करोडौँ लगानी गरेर निर्माण गरेको पुल सङ्कटमा पर्दै गएको हो । थोरै राजश्व सङ्कलन हुने नाममा करोडौँको पुललाई दाउमा राखिरहेकाले यो क्षेत्रमा धादिङ र नुवाकोट दुवै जिल्लाका सरोकारवाला मिलेर नदीजन्य वस्तु उत्खननमा प्रतिबन्ध लगाउनुपर्ने स्थानीयवासीको भनाइ रहँदै आएको छ ।

वि.सं.२०७६ असार २९ आइतवार ०९:१८ मा प्रकाशित

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

भद्रपुर (झापा) । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय...