Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

बालुवा उत्खननले कोल्पुखोलाको पुल जोखिममा




२९ असार, विदुर । नदी दोहन बढेपछि नुवाकोट र धादिङको सिमानामा रहेको कोल्पुखोलाको पुल जोखिममा परेको छ । स्थानीय प्रशासन र प्रहरीले पुल वरपर बालुवा झिक्न रोक लगाए पनि बालुवा तस्करहरुले रातको समयमा खोलाबाट बालुवा निकाल्ने हुँदा पुल जोखिममा परेको हो ।

पुल वरपर बालुवा झिकेसँगै जोखिम बढेको भन्दै जिल्ला समन्वय समिति नुवाकोट, बेलकोटगढी नगरपालिका र बालुवा तस्करहरुविरुद्ध उजुरीसमेत परेको छ । स्थानीयवासीले पुलै जोखिममा पारेर तस्करले बालुवा झिक्ने गरेको भन्दै आफूसमक्ष उजुरी आएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताए । सो विषयमा जिल्ला समन्वय समितिका प्रमुख तामाङले गत साता जिल्ला आपत्कालीन समितिको बैठकमै बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानालाई सचेत गराइएको थियो । । नुवाकोटको काशीटारदेखि कोल्पुटारसम्म बालुवा बोकेका लामबद्ध टिपरले बस, माइक्रोबस र साना सवारीलाई आवतजावत गर्न गाह्रो परेको चालक बताउँछन् ।

पुल नजिकका क्षेत्रमा ढुङ्गागिट्टीको उत्खनन कार्य निरन्तर गरिएकाले पुलको बिम रहेको खोलाको सतह गहिरिँदै जाँदा पुल सङ्कटमा परेको हो । एक दशकअघि निर्माण भएको पुल रहेको खोलाको सतह झण्डै एक मिटरभन्दा बढी गहिरिइसकेको स्थानीयवासीको भनाइ छ । अनियन्त्रितरूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्दा पुल जोखिममा परेको हो । स्थानीय स्वायत्त शासन नियमावलीमा पक्की पुलको वरपर २०० मिटर क्षेत्रफलमा ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य वस्तु उत्खनन गर्न रोक लगाएको छ । नियमावलीले पुलको वरपर बालुवा, ढुङ्गा, गिट्टीलगायत नदीजन्य उत्पादन झिक्न नपाइने व्यवस्था गरेको छ ।

स्थानीयवासीले पुल क्षेत्रमा पनि दर्ता नगरी चोरी निकासी गर्नेहरुले भने बेलाबेलामा उत्खनन गर्ने गरेको गुनासो गरेका छन् । त्रिशूली नदीमा बालुवा, गिट्टी उत्खननले पुलको पिलर रहेको क्षेत्रमा खोलाको सतह गहिरिँदै गइरहेको छ । नदीमा स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाइए पनि ठेकेदारले कोल्पु दोभानबाट स्काभेटर प्रयोग गरी नदीजन्य वस्तु उत्खनन कार्य गरिरहेको छ । यसको प्रभावकारी अनुगमन नहँुदा राज्यले करोडौँ लगानी गरेर निर्माण गरेको पुल सङ्कटमा पर्दै गएको हो । थोरै राजश्व सङ्कलन हुने नाममा करोडौँको पुललाई दाउमा राखिरहेकाले यो क्षेत्रमा धादिङ र नुवाकोट दुवै जिल्लाका सरोकारवाला मिलेर नदीजन्य वस्तु उत्खननमा प्रतिबन्ध लगाउनुपर्ने स्थानीयवासीको भनाइ रहँदै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ