back
CTIZAN AD

विषादी विरुद्ध दवाव प्रदर्शन

वि.सं.२०७६ असार २९ आइतवार

1.6K 

shares

२९ असार, काठमाण्डौं । सरकारले गरेको पछिल्लो निर्णयलाई सच्याउन सघाउ पुर्याउने उद्धेश्य सहित सरोकारवालाहरुले आइतबार सडकमा दवाव सिर्जना गरेका छन् ।

‘स्वस्थ खाद्य र स्वाधीनताको लागि नागरिक अभियानको व्यानरमा रहेका १० वटा संघसंस्थाहरुले काठमाण्डौं माइतिघर मण्डलादेखि नयाँ वानेश्वर सम्म प्रदर्शन गरेका थिए ।

राष्ट्रिय कृषक समुह महासंघ नेपाल, अष्ट ज अभियान नेपाल, कृषि उत्पादन तथा बजारिकरण संजाल, किसान चौतारी, नेपाल, च्याउ उत्पादक किसान संघ, सेफ फुड अलायन्स, यूवा कृषि मन्च, मौरीपालन केन्द्रीय सहकारी संघ, ग्रामिण कृषि कार्यकर्ता संजाल, नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघ लगायतका संघ संस्थाले ‘प्रमाणित खाद्यवस्तु मात्र आयात गर’, सबै नाकामा क्वारेन्टाइन कडा गर’ ‘राष्ट्रिय स्वाधीनताको दृढतापूर्वक रक्षा गरौं’ लगायतका नारा सहित प्रदर्शन गरेका थिए ।

असार २ गते सरकारले गरेको स्वागतयोग्य निर्णय १९ गते उल्ट्याइएको भन्दै विरोध जनाउँदै आएका सरोकारवालाहरुले सर्वोच्चको अल्पकालिन आदेशलाई स्वागत गर्दै सोमबारको सुनुवाइ पछि देशको हीतमा निर्णय आउने अपेक्षा सहित मंतव्य राखेका थिए ।

कृषक समूह महासंघकी महासचिव रिता वस्ताकोटीले सहजीकरण गरेको सो सांकेतिक दवाव प्रदर्शनमा महासंघका का. वा अध्यक्ष पंचकाजी श्रेष्ठ, अष्ट ज अभियानका सचिव कृष्णराम मगराती, किसान चौतारी नेपालका अध्यक्ष टिका अविरल, च्याउ उत्पादन किसान संघका सहअध्यक्ष चीत्रराज तिमिल्सीना, सेफ फुड अलायन्सका महासचिव सुहृद चापागाई र युवा कृषि मञ्चकी उपाध्यक्ष कल्पना तिमिल्सिना लगायतका वक्ताहरुले स्वाधीनताका लागि सरकारलाई सघाउन तयार रहेको बताएका थिए ।

कार्यक्रम संयोजक रमेश पंडित तुफानले सोमबारको सर्वोच्चको प्रतिक्षासँगै सरकारको रुझान हेरेर थप कार्यक्रम तय हुन सक्ने बताएका थिए ।

वि.सं.२०७६ असार २९ आइतवार १७:१९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...