Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

विषादी विरुद्ध दवाव प्रदर्शन



२९ असार, काठमाण्डौं । सरकारले गरेको पछिल्लो निर्णयलाई सच्याउन सघाउ पुर्याउने उद्धेश्य सहित सरोकारवालाहरुले आइतबार सडकमा दवाव सिर्जना गरेका छन् ।

‘स्वस्थ खाद्य र स्वाधीनताको लागि नागरिक अभियानको व्यानरमा रहेका १० वटा संघसंस्थाहरुले काठमाण्डौं माइतिघर मण्डलादेखि नयाँ वानेश्वर सम्म प्रदर्शन गरेका थिए ।

राष्ट्रिय कृषक समुह महासंघ नेपाल, अष्ट ज अभियान नेपाल, कृषि उत्पादन तथा बजारिकरण संजाल, किसान चौतारी, नेपाल, च्याउ उत्पादक किसान संघ, सेफ फुड अलायन्स, यूवा कृषि मन्च, मौरीपालन केन्द्रीय सहकारी संघ, ग्रामिण कृषि कार्यकर्ता संजाल, नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघ लगायतका संघ संस्थाले ‘प्रमाणित खाद्यवस्तु मात्र आयात गर’, सबै नाकामा क्वारेन्टाइन कडा गर’ ‘राष्ट्रिय स्वाधीनताको दृढतापूर्वक रक्षा गरौं’ लगायतका नारा सहित प्रदर्शन गरेका थिए ।

असार २ गते सरकारले गरेको स्वागतयोग्य निर्णय १९ गते उल्ट्याइएको भन्दै विरोध जनाउँदै आएका सरोकारवालाहरुले सर्वोच्चको अल्पकालिन आदेशलाई स्वागत गर्दै सोमबारको सुनुवाइ पछि देशको हीतमा निर्णय आउने अपेक्षा सहित मंतव्य राखेका थिए ।

कृषक समूह महासंघकी महासचिव रिता वस्ताकोटीले सहजीकरण गरेको सो सांकेतिक दवाव प्रदर्शनमा महासंघका का. वा अध्यक्ष पंचकाजी श्रेष्ठ, अष्ट ज अभियानका सचिव कृष्णराम मगराती, किसान चौतारी नेपालका अध्यक्ष टिका अविरल, च्याउ उत्पादन किसान संघका सहअध्यक्ष चीत्रराज तिमिल्सीना, सेफ फुड अलायन्सका महासचिव सुहृद चापागाई र युवा कृषि मञ्चकी उपाध्यक्ष कल्पना तिमिल्सिना लगायतका वक्ताहरुले स्वाधीनताका लागि सरकारलाई सघाउन तयार रहेको बताएका थिए ।

कार्यक्रम संयोजक रमेश पंडित तुफानले सोमबारको सर्वोच्चको प्रतिक्षासँगै सरकारको रुझान हेरेर थप कार्यक्रम तय हुन सक्ने बताएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम