back
CTIZAN AD

कुलेखानी खोल्ने निर्णय रद्द, टर्वाइन घुमाएर विद्युत निकालिने

वि.सं.२०७६ असार ३० सोमवार

975 

shares

३० असार, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ ।

ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर विद्युत् निकालिने भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनका अनुसार तीन÷चार दिनसम्मका लागि भारतबाट आपूर्ति भइरहेको विद्युत कटौती गरेर कुलेखानीको सबै टर्वाइन घुमाएर विद्युत निकालिनेछ ।

त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा पहिराले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गएराति आएको पहिरामा पुरिएर स्थानीय अन्दाजी ४५ वर्षीया कान्छीमाया बलामी र उनकी छोरी १८ वर्षीया बबिता बलामी बेपत्ता भएका थिए । उनीहरुको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । पहिराले पुरिएर कान्छीमायाकी बुहारी अन्दाजी ३०–३२ वर्षीया बेली बलामी भने घाइते भएकी छिन् ।

बिहीबारदेखि भएको निरन्तर वर्षाका कारण बाढीपहिरामा परी मकवानपुरमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । मकवानपुरको इन्द्रसरोवरमा आइतबार राति घरमा लडेको पहिरामा परी स्थानीय आमाछोरी कान्छीमाया बलामी र उनकी छोरी १८ वर्षीया बबिता बलामीको शव सोमबार फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो ।

यसअघि निरन्तर परेको वर्षाले शुक्रबार मकवानपुरको थाहा नगरपालिका वडा नं ३ मा महाभिर खोलाले बगाउँदा बालिका सञ्चनम बलामीको मृत्यु भएको थियो । जिल्लाकै कैलाश गाउँपालिका वडा नं १० नामटारस्थित शुक्रबार डर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको थियो । यस्तै शुक्रबार नै जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा वर्ष १४ की सृष्टी डिम्डुङको पहिराले पुरिएर मृत्यु भएको थियो ।

त्यसैगरी सिन्धुलीको हरिहरपुर गढी, सर्लाही तथा रौतहटका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

वि.सं.२०७६ असार ३० सोमवार १४:३६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...