३० असार, काठमाडौँ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कञ्चनपुरमा कार्यारत सि.डि.ई अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्ना घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत कार्यालय प्रमुख सि.डि.ई श्रीवास्तव र इन्जिनियर ठगुन्नाले निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको रनिङ बिल फर–फारक गराईदिने विषयमा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय कञ्चनपुरको टोलीले द्वयश्रीवास्तव र ठगुन्नालाई दुई लाख रुपैयाँ घुस लिइरहेको अबस्थामा पक्राउ गरेको हो ।
द्वय श्रीवास्तव र ठगुन्नालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम बिगो दुई लाख रुपैयाँ सहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको बताइएको छ ।