Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

विपद्मा सहयोग गर्न सभामुखको अपिल, सर्तक रहन आग्रह




३० असार, काठमाण्डौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गर्नुभएको छ ।
सभामुख महराले आज जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु ।”
प्रेस वक्तव्यमा उनले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक सङ्घसंस्था÷अभियन्ता, राजनीतिक दल तथा सर्वसाधारण सबैमा अनुरोध गरेका छन् ।

‘यस्ता प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवं राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाई व्यावहारिकरुपमै लागू गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु”, प्रेस वक्तव्यमा भनिएको छ ।

प्राकृतिक विपद्मा परी घाइते हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सभामुखले सरकारसँग विशेष अनुरोध गर्दै विनाशकारी प्रकोपमा परी हराइरहेकाको खोजी, प्रभावितको उद्धार र पीडितलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन सरकार र सरोकारवाला निकायसँग हार्दिक अपिल गरेका छन् छ । बर्खायाममा हुन सक्ने सम्भावित विपत्तिबाट जोगिनका लागि सतर्क रहन सभामुख महराले अपिल गरेका छन् । 

केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिको घटनाले आफूलाई निकै मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै सभामुख महराले विज्ञप्तिमा दुःखद प्राकृतिक विपद्का कारण निधन हुनुभएकाप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।   


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ