
भारतीय आइटम डान्सर तथा पछिल्लोपटक अभिनेत्रीका रुपमा बलिउड क्षेत्रमा छाएकी कलाकार सन्नी लियोनलाई अब नेपाली दर्शकले त्यो पनि नेपाली फिल्ममा देख्न पाउने भएका छन् ।
निर्देशक सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘पासवर्ड’ मा नेपाली दर्शकले सन्नी लियोनको ठुम्का देख्न पाउने भएका छन् । सन्नीले उक्त फिल्मको एउटा गीतमा ठुम्का लगाएकी हुन् । कोरियो ग्राफर तथा निर्देशक विष्णु देभाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अर्जुन पोखरेलको संगीत रहेको छ भने यसमा सन्नीले बिक्की जोशीसँग स्क्रिन सेयर गरेको बताइएको छ ।
सन्नीले यस गीतमा ठुम्का लगाएको दुई करोड भारतीय रुपैयाँ लिएको पनि बताइएको छ । ३० करोड रुपैयाँमा बन्न लागेको पासवर्ड फिल्मको छायांकन बेलायतमा ९८ प्रतिशत र नेपालमा दुई प्रतिशत मात्र गरिएको बताइएको छ ।
भदौ २७ बाट प्रदर्शन गरिने भनिएको उक्त थ्रिलर फिल्म ‘पासवर्ड’मा अनुप विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ सहितका कलाकारको अभिनय रहेको छ ।