back
CTIZAN AD

विपद्मा सहयोग गर्न सभामुखको अपिल, सर्तक रहन आग्रह

वि.सं.२०७६ असार ३० सोमवार

945 

shares


३० असार, काठमाण्डौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गर्नुभएको छ ।
सभामुख महराले आज जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु ।”
प्रेस वक्तव्यमा उनले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक सङ्घसंस्था÷अभियन्ता, राजनीतिक दल तथा सर्वसाधारण सबैमा अनुरोध गरेका छन् ।

‘यस्ता प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवं राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाई व्यावहारिकरुपमै लागू गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु”, प्रेस वक्तव्यमा भनिएको छ ।

प्राकृतिक विपद्मा परी घाइते हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सभामुखले सरकारसँग विशेष अनुरोध गर्दै विनाशकारी प्रकोपमा परी हराइरहेकाको खोजी, प्रभावितको उद्धार र पीडितलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन सरकार र सरोकारवाला निकायसँग हार्दिक अपिल गरेका छन् छ । बर्खायाममा हुन सक्ने सम्भावित विपत्तिबाट जोगिनका लागि सतर्क रहन सभामुख महराले अपिल गरेका छन् । 

केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिको घटनाले आफूलाई निकै मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै सभामुख महराले विज्ञप्तिमा दुःखद प्राकृतिक विपद्का कारण निधन हुनुभएकाप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।   

वि.सं.२०७६ असार ३० सोमवार १४:४४ मा प्रकाशित

ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र

ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र

ललितपुर । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा (रुपन्देह) । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित...

सत्कारले लोभिन्छन् घरबासका पाहुना

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट ९बागलुङ० ।सत्कारले लोभिन्छन् घरबासका पाहुना। साँझमा घरधन्दा सकेका घरबास...

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

गोलबजार (सिरहा)। गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी ९जसपा०...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...