back
CTIZAN AD

सन्नी अब नेपाली फिल्ममा पनि

वि.सं.२०७६ असार ३० सोमवार

723 

shares

भारतीय आइटम डान्सर तथा पछिल्लोपटक अभिनेत्रीका रुपमा बलिउड क्षेत्रमा छाएकी कलाकार सन्नी लियोनलाई अब नेपाली दर्शकले त्यो पनि नेपाली फिल्ममा देख्न पाउने भएका छन् ।

निर्देशक सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘पासवर्ड’ मा नेपाली दर्शकले सन्नी लियोनको ठुम्का देख्न पाउने भएका छन् । सन्नीले उक्त फिल्मको एउटा गीतमा ठुम्का लगाएकी हुन् । कोरियो ग्राफर तथा निर्देशक विष्णु देभाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अर्जुन पोखरेलको संगीत रहेको छ भने यसमा सन्नीले बिक्की जोशीसँग स्क्रिन सेयर गरेको बताइएको छ ।

सन्नीले यस गीतमा ठुम्का लगाएको दुई करोड भारतीय रुपैयाँ लिएको पनि बताइएको छ । ३० करोड रुपैयाँमा बन्न लागेको पासवर्ड फिल्मको छायांकन बेलायतमा ९८ प्रतिशत र नेपालमा दुई प्रतिशत मात्र गरिएको बताइएको छ ।

भदौ २७ बाट प्रदर्शन गरिने भनिएको उक्त थ्रिलर फिल्म ‘पासवर्ड’मा अनुप विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ सहितका कलाकारको अभिनय रहेको छ ।

वि.सं.२०७६ असार ३० सोमवार १५:०४ मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...