back
CTIZAN AD

श्रावण महिनामा के गर्दा राम्रो हुन्छ त ?

वि.सं.२०७६ साउन १ बुधवार

1.3K 

shares

आजदेखि श्रावण महिना सुरु भएको छ । धार्मिक रुपमा यस महिनालाई भगवान शिवजीको प्रिय महिना पनि भनिन्छ । साउन महिनालाई पवित्र महिनाका रुपमा मानिने र धेरैले महिनाभरी साकाहारी खाना (शुद्ध खाना) खाने तथा सोमबार बर्त बस्ने गर्दछन् । त्यसो त श्रावण महिना हरियालीको महिना पनि हो । हरियाली सबैलाई मन पर्ने र स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । अर्को कुरा साउन महिनाबाटै नेपाली चाडपर्वहरुको सुरुवात पनि हुन्छ ।

श्रावण महिनाको सुरुवातको दिनमा विभिन्न चिजहरु राख्दा घरमा शान्ति हुने तथा वर्षैैभरी घरको रक्षा हुने बताइन्छ ।

साउन महिनामा घरमा त्रिशुल राख्नु पनि अत्यन्तै शुभ मानिन्छ । साउनको पहिलो दिन आज घरमा त्रिशुल राख्नाले वर्षभरी आउने आपदबाट रक्षा मिल्दछ ।

डमरु पनि शिवको पवित्र बाद्य यन्त्र मानिन्छ । डमरुको पवित्र ध्वनीले तपाईको वरपर रहेको नकारात्मक शक्ति हट्ने बताइन्छ । साउनको पहिलो दिन घरमा डमरु राख्ने वा कुनै बच्चालाई उपहारका रुपमा डमरु दिनु शुभ मानिन्छ ।

त्यस्तै रुद्राक्ष घरमा राख्नाले पनि सुख र समृद्दि तथा पवित्रता छाउने बताइन्छ । साउन महिनामा चाँदीमा रुद्राक्ष राखेर कुनै गहना बनाएर लगाएमा त्यो समृद्धिदायिक हुने बताइन्छ ।

त्यस्तै साउनको पहिलो दिनमा चाँदीको नंन्दी बनाएर घरमा ल्याएर पूजा गर्नाले आर्थिक संकटबाट मुक्ति मिल्ने बताईन्छ । नन्दीलाई शिवको प्रिय बाहन मानिन्छ ।

जल पनि शिवजीको अत्यन्त प्रिय मानिन्छ । साउन महिनामा गंगाजल ल्याएर घरमा राखेर साउन महिनाभरीपूजा गर्नुभयो भने यसले धन आगमन हुने मानिन्छ । जल दिनहुँ ल्याउन सम्भव नहुने हुनाले आजको दिनमा पवित्र नदीमा गएर ल्याएको जल चाँदी, तामा या पित्तलको भाडोमा राखेर महिनाभरी पूजाका बेला शिवजीलाई चढाउन सकिन्छ ।

त्यस्तै साउन महिनामा शिवजीको घाटीमा हरेक समय रहने सर्पको प्रतिमा घरमा ल्यार पूजा गर्नाले पितृ दोष र काल सर्प योगमा राहत दिने बताइन्छ । महिनाभरी सर्पको मुर्ति घरमै राखेर पूजा गरेर महिनाको अन्तिम दिन कुनैपनि शिव मन्दिरमा लगेर चढाइदिनु धेरै राम्रो मानिन्छ ।

चाँदीको कडा ल्याएर घरमा राख्दा पनि शुभ मानिन्छ । भगवान शिवले खुट्टामा चाँदीको कडा धारण गरेको पाइएकोले साउन महिनाको पहिलो दिन घरमा चाँदीको कडा राख्नाले तीर्थ यात्रा र विदेश यात्रालाई शुभ बनाउने बताइन्छ ।

शिव भगवानलाई दिनहुँ बेलपत्र चढाइने हुनाले साउन महिनामा पनि यसको महत्व अझ बढी भएको बताइन्छ । तर कहिलेकाँही बेलपत्र नपाइने हुनाले यस्तो अवस्थामा चाँदीको बेलपत्र ल्याउने र पूजाका क्रममा दिनहुँ शिवजीलाई अर्पित गर्नाले करोडौ पाप नाश हुने र घरमा शुभकार्यको संयोग बन्ने बताइन्छ ।

वि.सं.२०७६ साउन १ बुधवार १२:२१ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...