back
CTIZAN AD

यसरी गरिदैंछ पशुपतिमा भिड व्यवस्थापनको तयारी

वि.सं.२०७६ साउन १ बुधवार

969 

shares

१ साउन, काठमाण्डौ । यस वर्ष साउन महीनामा पशुपति आउने भक्तजनको भीड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ ।

साउन महीना शुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड बढ्न थालेकाले लाम व्यवस्थापन, सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी शुरु गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले राससलाई जानकारी दिए । साउनमा भगवान् शिवको महिमाबारे वर्णन र श्रवण गरिने भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ ।

साउन महीनाको पनि सोमबार पशुपतिमा धेरै दर्शनार्थी पुग्छन् । प्रायः सोमबार बोलबम यात्रीको पशुपतिनाथमा भीड लाग्छ । वैदिक ग्रन्थमा उल्लेख गरिएअनुसार महादेवले जलधारा मन पराउने भएकाले वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा अर्पण गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । तीर्थयात्रीको भीड व्यवस्थित गर्न प्रत्येक साउने सोमबार पशुपतिमा चारवटा लाइन राख्ने कोषको तयारी छ । तिलगङ्गाबाट विद्युतीय शवदाह गृहअघिको सडक–चार शिवालय हुँदै मूल मन्दिरको दक्षिण ढोकातर्फ, जयवागेश्वरीबाट भूवनेश्वरी–वरुणधारा हुँदै दक्षिण ढोकातर्फ, मित्रपार्क–दक्षिणामूर्ति हुँदै पश्चिम मूलढोकातर्फ र मित्रपार्कबाट उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम मूल ढोकातर्फबाट मन्दिर छिर्ने गरी व्यवस्था मिलाइएको उपनिर्देशक ढुङ्गानाले बताए ।

यस वर्ष साउन ६, १३, २० र २७ गरी चार वटा सोमबार परेका छन् । साउनको सोमबार विशेषगरी महिलाले अटल सौभाग्य एवं पारिवारिक सुख र शान्तिको कामना गर्दै व्रत बस्ने र शिवालयमा पूजा आराधना गर्छन् । बोल बम, (साउनको विशेष पूजा) का लागि विश्वभरका वैदिक सनातन धर्मावलम्बी पशुपतिमा आउँछन् । 

पशुपतिनाथलाई ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्गका रुपमा पूजिने भएकाले पनि विश्वको जुनसुकै कुनामा रहेका हिन्दू धर्मावलम्बीले एकपटक पशुपतिनाथको दर्शन गर्ने इच्छा राख्छन् ।
आज साउनको पहिलो दिन भएकाले बिहानैदेखि बढी सङ्ख्यामा भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनमा आएका छन् । आज साउने सङ्क्रान्तिसमेत भएकाले पनि दर्शनार्थीको पशुपतिनाथ मन्दिरमा भीड बढेको हो ।

वि.सं.२०७६ साउन १ बुधवार १४:४७ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठान को आयोजनामा १२ औँ रचना...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

सिद्धार्थनगर (भैरहवा) । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...