back
CTIZAN AD

जोखिम बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने

वि.सं.२०७६ साउन ३ शुक्रवार

1.1K 

shares


३ साउन, पर्वत । पर्वत जिल्लामा बाढी र पहिरोको उच्च जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति पर्वतको बैठकले जोखिममा रहेका व्यक्ति र बस्तीहरुलाई स्थानीय तहले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो । नदी किनारका बस्ती, पहिरोको जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण नगर्दासम्म सधैँ जोखिममा रहने भएकाले जोखिम पहिचान भएका बस्ती र व्यक्तिलाई समेत स्थानान्तरण गर्न स्थानीय तहलाई जिम्मेवार बनाउने निर्णय भएको प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिए ।

गत वर्ष बाढी आएका कारण जलजला गाउँपालिकाका लस्ती, लुङ्गदीमा घर बगाउनाका साथै धेरै घर जोखिममा परेका थिए । कालीगण्डकी नदी, मोदीखोला, सेती खोला, रतीखोला लगायतका नदी र खोला किनारमा बनेका घर र बस्तीसमेत जोखिममा छन् । पर्वतका भङ्गरा, देउराली, धाइरिङ्ग, तिलहार, देउपुर, होस्राङ्गदी लगायतका बस्तीहरुमा गत वर्ष पनि पहिरोको चपेटामा परेका थिए । जथाभावी रुपमा खनिएका कारण धेरै घर र बस्ती जोखिममा छन् ।

सुकुम्वासी र जबर्जस्ती सार्वजनिक जमीन कब्जा गरेरसमेत घर बनाउने काम भएको छ । यस्ता घर र संरचना जुनसुकै बेला बाढीको चपेटामा पर्ने भएकाले स्थानान्तरण गर्न जरुरी रहेको प्रजिअ नेपालले बताए। “सधैँभरी बाढी तथा पहिरोको जोखिममा रहेका बस्ती र संरचना नहटाएसम्म जोखिम सधैँ रहने भएकाले स्थानीय तहलाई जिम्मेवार बनाएर सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन जरुरी छ”, उनले भने, “विपद् आउनुपूर्व नै सुरक्षित बनाउन सके जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर यस्तो निर्णय भएको हो ।”

पर्वत जिल्लाको समग्र विपद् व्यवस्थापनका बारेमा बनाइएको उक्त विपद् प्रतिकार्य योजनामा सात वटा स्थानीय तहमा जोखिमयुक्त स्थानहरुको पहिचान र तत्काल घटना घट्दा चाहिने स्टक सामान सहयोगी निकाय लगायतको सूचनासहितको विवरण उल्लेख गरिएको छ ।

जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले स्थानीय पालिकाहरुले विपद्का बारेमा जिम्मेवार भई बैठकमा उपस्थित हुनुपर्नेमा जोड दिए ।

वि.सं.२०७६ साउन ३ शुक्रवार १२:३१ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...