back
CTIZAN AD

कपिलदेव थापाद्धारा एशिया प्यासेफिक सहसंयोजक पदमा उम्मेदवारी घोषणा

वि.सं.२०७६ साउन ३ शुक्रवार

957 

shares

गैरआवासीय नेपाली अभियन्ता तथा समाजसेवी कपिल देव थापाले गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुन लागेको नवौं विश्व सम्मेलनका लागि एशिया प्यासेफिक सहसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि अभियानमा अनवरतरुपमा लागेको थापाले एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, हुँदै एनआरएनए आइसिसिका विभिन्न सामाजिक समितिहरुमा संयोजक, सहसंयोजक तथा सदस्यको रुपमा कामगर्दै आएका छन् ।
२३ वर्षदेखि जापानमा बसोबास गर्दै आएका अभियन्ता थापा अहिले जापानबाट आइसिसि सदस्य रहेर सक्रिय रुपमा काम गरिरहेका छन् । साथै थापाले गैरआवासीय नेपाली संघ अन्तर्गतको नेपाल लाइब्रेरी फाउन्डेशनका अध्यक्ष, मानब कल्याणकारी सहयोग समिति एसिया प्यासिफि एनआरएनए आइसीसीका संयोजक तथा कृर्षि प्रवद्र्धन समितिका सहसंयोजक रहेर थुप्रै सामाजिक कामहरु गर्दै आएका छन् ।

‘आज सम्म यो सामाजिक कार्यमा सहभागी भै रहँदा पाएको यहाँहरुको साथ माया सल्लाह र सुझाब लाई मनन गर्दै आगामी कार्यकालमा समेत अग्रज तथा मित्रहरुको सुझाबलाइ मध्यनजर गर्दै यो अभियानमा निरन्तरता दिने मनशाय बनाएको कुरा यसै मार्फत यहाँहरुलाइ जानकारी गराउन चाहन्छु ।’ उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन् ।


उम्मेदवारी घोषणाका क्रममा थापाले यस्तो भनेका छन्

‘बर्तमानमा आफूले गरिरहेका अधुरा कार्यहरूलाइ पूर्णता दिने र गर्न चाहेका धेरै कामहरुलाइ सम्पन्न गर्ने उत्साह सहित यो पटक एशिया प्यासिफिक सह–सयोजकको पदमा उमेद्ववारी दिन गइरहेको कुरा समेत यहाँहरु समक्ष जानकारी गराउन चाहन्छु ।
यो अभियानमा जोडीएसंगै एनआरएनएको विधी र विधानलाई पहिलो प्रथामिकतामा राखी समाजसेवालाई निरन्तरता दिदै आएको छु । समाजबाट नै हामीले धेरै ज्ञान लिन सकिने हुनाले यही अभियानकै दौरानमा धेरै कुरा सिक्ने अबशर समेत प्राप्त गरेको छु ।
नेपालका बिभिन्न जिल्लाहरूमा स्वास्थ्य शिक्षा खानेपानी एम्बुलेन्स कृषि लगायतका बिबिध सामाजिक क्षेत्रहरूमा काम गर्दै जापानबाट व्हिलचिएर र एम्बुलेन्स संकलन गरी नेपालमा लगि अति आबस्यक ब्यक्ति र संघ सस्थाहरूलाइ बितरण गर्ने कामको लागी सहयोग गर्दै आएको छु र आजसम्म मेरो पहलमा ४७८ वटा व्हिलचियर नेपाल गईसकेको समेत सगौरव जानकारी गराउदछु ।

यहाँ थप महत्वपूर्ण बिषय :

प्रधानमन्त्रीज्युको कार्यालयबाट अनुमति प्राप्त गरि १००० थान व्हिलचियर नेपाल लैजाने प्रक्रियामा रहेको समेत जानकारी गराउदछु ।

१० वटा एम्बुलेन्स जापानबाट नेपाल लान तैयार पारेकोमा ४ वटा लान सफल भएकाछौ र बाँकी ६ वटाका लागि नयाँ तरिकाले पहल हुदैछ । देशै भरिका कृषकहरूलाइ सहयोग हुने गरि एनआरएनए मुना मार्टको अबधारणाका साथ कृषिलाई अघि बढाउने एनआरएनए आईसिसिको कृषि प्रबर्धन समितिको टिममा बसेर काम गर्दैछु ।

राज्यको सबै स्कुल र समुदायमा एक पुस्तकालय अनिबार्य हुनै पर्छ भन्ने अभियानमाका साथ यस संस्थाको अध्यक्षको हैसियतले काम गरिरहेको छु । देशका बिबिन्न ठाउमा आठ ८ वटा पक्कि स्कुल भबन र सौचालय बनाइ शैक्षिक सामाग्रिहरू बितरण कार्य सम्पन्न गरेका छौ । यस्ता खाले सबै सामाजिक कामहरूमा एनआरएनएन आइसीसी, एनआरएनए जापान, जापनाबासि नेपाली र जापानी मित्रहरू र बिभिन्न संघ सस्थाहरूबाट मलाई अतुलनिय सहयोग र समर्थन रहेको छ । आजसम्म मलाई र मेरो टिमको कार्यलाई सहयोग गर्नुहुने सम्पूर्णमा हृदयदेखि नै धन्यबाद व्यक्त गर्न चाहन्छु ।

नेपालमा यो व्हिलाचिएर प्रयोग गर्ने र बिबिध सामाजिक सेवा हरू हामि बाट प्राप्त गर्नु हुने सम्पूर्ण साथी भाई इष्टमित्रहरूको आग्रहले म मा नयाँ ऊर्जा पैदा भएको महसुस गरेकोछु ।
यसकारण यी र यस्ताकार्यलाइ अब एशियाका बिभिन्न देशहरूबाट सुरुगर्न सकिने सम्भाव्यतालाइ मध्यनजर गर्दै यो पटक एशिया प्यासिफिक को तर्फबाट डी आर सी (क्षेत्रीय सह–संयोजक ) पदमा उम्मेदवारी दिने बिचार गरेको छु । म सधैं सहमती र सहकार्यलाई केन्द्रविन्दुमा राखेर काम गर्नेगरेको र गर्न चाहन्छु ।

सम्पूर्ण मित्रहरुबाट बिगतमा जस्तै सहयोग र सुझावको अपेक्षा राखेको छु । एनआरएनए एउटा सामाजिक अभियान भएकोले यसको मर्मलाई आत्मसाथ राखी निरन्तरता दिने प्रयास गर्ने छु ।’
जय देश जय एनआरएनए !
कपिलदेव थापा,
एनआरएनए आइसीसी सदस्य

वि.सं.२०७६ साउन ३ शुक्रवार १२:५८ मा प्रकाशित