back
CTIZAN AD

प्रहरीद्वारा गाँजा नष्ट

वि.सं.२०७६ साउन ३ शुक्रवार

1.6K 

shares


३ साउन, गोरखा । गोरखा नगरपालिका–४ पीपलथोकमा किसानले अवैध रुपमा लगाइएको तीन हजार गाँजाको बोटलाई प्रहरीले नष्ट गरेको छ ।

सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक ओम अधिकारीको नेतृत्वमा खटिएको टोलीले आज बिहान ती परिमाणको गाँजाको बोट नष्ट गरेको हो ।

लागूऔषध विरुद्धको प्रहरीको अभियानअन्तर्गत जिल्लामा गाँजा फँडानीको काम शुरु गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । “हामीलाई त्यस क्षेत्रमा गाँजा छ भन्ने जानकारी आयो”, उनले भने, “त्यही आधारमा गएर अनुसन्धान गर्दा गाँजा रहेको पाइएपछि प्रहरीले नष्ट गर्ने अभियान चलाएको हो ।”

लागू औषध विरुद्धको जनचेतनामूलक अभियान तथा दण्डात्मक कार्यक्रमअन्तर्गत स्थानीय समेतलाई सहभागी गराएर अभियान सञ्चालन गरेको उनले जानकारी दिए। “हामीले स्थानीय समुदायलाई आफैँलाई समेत गाँजा खेती गरेको भए नष्ट गर्नसमेत भनेका छौँ”, प्रहरी उपरीक्षक अधिकारीले भने।

फँडानी गरिएको गाँजालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले जानकारी दिए । “अब यसलाई केही दिन सुक्न दिएर प्रहरी कार्यालयमा जलाएर नष्ट गर्छौं”, उनले भने । उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र गोरखासँग साझेदारी गरेर जिल्लाभर नै लागुऔषध विरुद्धको कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

उनले यो अभियान निरन्तर चल्ने भन्दै अबदेखि जसको जमीनमा गाँजा खेती गरिएको उसलाई कानूनी कारवाहीसमेत गर्ने बताए । “पहिलो चरणमा हामी आफैँ आएर फँडानी गरेका छौँ , अब आफैँले फँडानी गरेर नष्ट गरी हामीलाई जानकारी नगरे कारवाहीसमेत शुरु हुन्छ”, प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।

वि.सं.२०७६ साउन ३ शुक्रवार १४:१३ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ...

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब...

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

म्याग्दी । बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको...

सत्कारले लोभिन्छन् घरबासका पाहुना

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट ९बागलुङ० ।सत्कारले लोभिन्छन् घरबासका पाहुना। साँझमा घरधन्दा सकेका घरबास...