back
CTIZAN AD

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

वि.सं.२०८२ फागुन २१ बिहीवार

507 

shares

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ । हिमाली क्षेत्रका एक सय र एक सयभन्दा कम मतदाता रहेका केन्द्रहरूमा मतदान सकिएको निवाृचनमा खटिएका कर्मचारीले जानकारी दिएका छन् ।

मतदान सकिए पनि नियमानुसार ५ः०० बजेसम्म मतदान केन्द्रमा बस्नुपर्ने प्रावधान अनुसार कुरेर बसेको फिलिम आधारभूत विद्यालय पातीका मतदान अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले बताए । “यस मतदान केन्द्रमा रहेका १९८ मतदातामध्ये १२ः०० बजेसम्म १३८ मत खसेको छ, त्यसपछि कोही पनि मतदान गर्न आउनुभएको छैन । नियमानुसार ५ः०० बजेसम्म कुरेर बस्नुपर्ने भएकाले केन्द्रमा नै बसिरहेका छौँ”, उनले भने। उनका अनुसार पार्टीका प्रतिनिधिले भोट हाल्न आउने मतदाता यति नै हुन् भनेका छन् ।

सिदुङ आधारभूत विद्यालय सस्र्युँमा पनि मतदान सकिएको छ । यहाँ १४५ मतदाता रहेकामा ८६ मत खसेपछि मतदाता आउन छोडेका मतदान अधिकृत प्रकाश काफ्लेले जानकारी दिए । उनले पनि ५ः०० बजेसम्म कुर्नुपर्ने नियमानुसार बसिरहेको बताए ।

क्वाक आधारभूत विद्यालय मतदान केन्द्रमा कूल एक सय मतदाता रहेकामा ४० मत खसेपछि मतदाता आउन छोडेका मतदान अधिकृत विपिन रेग्मीले जानकारी दिनुभयो । एक सय ११ जना मतदाता रहेको छाक आधारभूत विद्यालयमा ५५ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत रमेश ढकालले बताए ।

एक सय चार मतदाता रहेको साम्दो आधारभूत विद्यालयस्थित केन्द्रमा बिहान ११ः०० बजेसम्म २४ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत विजय श्रेष्ठले जानकारी दिए । जाडो छल्न काठमाडौँलगायत अन्य जिल्लामा झरेका मतदाता केही बाटोमा आउँदै गरेका जानकारी प्राप्त भएकाले मतदाता सङ्ख्या बढ्न सक्ने उनले बताए ।

चुमनुब्री–५ को क्राक आधारभूत विद्यालयस्थित मतदात केन्द्रमा रहेका १३७ मतदातामध्ये ८० मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत बलराम श्रेष्ठले उल्लेख गरे । “नियमानुसार मतदान केन्द्रमा कुरेर बसिरहेका छौँ”, उनले भने।

त्यस्तै, १३७ मतदाता रहेका वुद्ध हिमाली आधारभूत विद्यालय मतदात केन्द्रमा ९० मत, चुम्लिङ आधारभूत विद्यालय चुम्चेत मतदात केन्द्रमा रहेका १७५ मतदातामध्ये १२ः०० बजेसम्म ६९ मत र १७६ मतदाता रहेका सिद्ध गणेश आधारभूत विद्यालयमा ८४ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत सन्दीप मरहट्टाले जानकारी दिए ।

“लार्केबजार स्वास्थ्यचौकी मतदान केन्द्र नाम्रुङमा १ः०० पनि कोही मतदाता आएका छैनन”, मतदान अधिकृत राजेन्द्र खनालले भने । जिल्लाको सबैभन्दा कम ७६ मतदाता रहेकामा हालसम्म २४ जनाले मतदान गरेका उनले जानकारी दिए ।

वि.सं.२०८२ फागुन २१ बिहीवार १७:०६ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...