Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रहरीद्वारा गाँजा नष्ट




३ साउन, गोरखा । गोरखा नगरपालिका–४ पीपलथोकमा किसानले अवैध रुपमा लगाइएको तीन हजार गाँजाको बोटलाई प्रहरीले नष्ट गरेको छ ।

सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक ओम अधिकारीको नेतृत्वमा खटिएको टोलीले आज बिहान ती परिमाणको गाँजाको बोट नष्ट गरेको हो ।

लागूऔषध विरुद्धको प्रहरीको अभियानअन्तर्गत जिल्लामा गाँजा फँडानीको काम शुरु गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । “हामीलाई त्यस क्षेत्रमा गाँजा छ भन्ने जानकारी आयो”, उनले भने, “त्यही आधारमा गएर अनुसन्धान गर्दा गाँजा रहेको पाइएपछि प्रहरीले नष्ट गर्ने अभियान चलाएको हो ।”

लागू औषध विरुद्धको जनचेतनामूलक अभियान तथा दण्डात्मक कार्यक्रमअन्तर्गत स्थानीय समेतलाई सहभागी गराएर अभियान सञ्चालन गरेको उनले जानकारी दिए। “हामीले स्थानीय समुदायलाई आफैँलाई समेत गाँजा खेती गरेको भए नष्ट गर्नसमेत भनेका छौँ”, प्रहरी उपरीक्षक अधिकारीले भने।

फँडानी गरिएको गाँजालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले जानकारी दिए । “अब यसलाई केही दिन सुक्न दिएर प्रहरी कार्यालयमा जलाएर नष्ट गर्छौं”, उनले भने । उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र गोरखासँग साझेदारी गरेर जिल्लाभर नै लागुऔषध विरुद्धको कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

उनले यो अभियान निरन्तर चल्ने भन्दै अबदेखि जसको जमीनमा गाँजा खेती गरिएको उसलाई कानूनी कारवाहीसमेत गर्ने बताए । “पहिलो चरणमा हामी आफैँ आएर फँडानी गरेका छौँ , अब आफैँले फँडानी गरेर नष्ट गरी हामीलाई जानकारी नगरे कारवाहीसमेत शुरु हुन्छ”, प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले