back
CTIZAN AD

न्यून बजेटले १४० खानेपानी आयोजना रोकिए

वि.सं.२०७६ साउन ६ सोमवार

1.1K 

shares


६ साउन , काभ्रेपलाञ्चोक । आर्थिक वर्ष २०७५\०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् ।

न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु गरी २०७६ असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोकको ७५ वटा र सिन्धुपाल्चोकको ६५ वटा खानेपानी आयोजनाको काम सम्पन्न गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्रमुख लोकबहादुर चौलागाईंले जानकारी दिए । उनले भने, “रु पाँच करोडको आयोजनामा जम्मा दुई लाख बजेट आउँछ, गत असार मसान्तसम्ममा सक्नुपर्ने दुवै जिल्लाका चालू खानेपानी आयोजना त्यतिकै अलपत्र अवस्थामा छन् ।”

चौलागाईंले गत आवमा न्यून बजेट आउँदा सङ्घीय मन्त्रालयमा थप बजेटका लागि गत वैशाखसम्म ताकेता गर्दा पनि थप बजेट निकासा नभएको बताए। “दुई वटै जिल्लाका केही योजना सम्पन्न हुने चरणमा थिए, थोरै रकमले पनि रोकिएका छन्”, उनले भने । उनले न्यून बजेट निकासा हुनु र कर्मचारी समायोजन तथा डिभिजन कार्यालय स्थानान्तरणका कारण आयोजनाका काम प्रभावित भएको बताए ।

मुलुक सङ्घीयतामा गएपछि २०७५ साउन महीनामा काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको चौतारामा सारिएको थियो । त्यस कार्यालयको कार्यक्षेत्र अहिले दुवै जिल्लामा रहेको छ ।

पुनःनिर्माण योजनाअन्तर्गत शुरु गरिएका काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश खानेपानी आयोजना पनि थप बजेट नआउँदा अलपत्र अवस्थामा रहेका छन् । केन्द्रीय सरकारको पुनःनिर्माण शीर्षकको बजेटबाट २०७३ सालदेखि विभिन्न मितिमा शुरु गरिएका ९० वटामध्ये हाल करीब दुई दर्जन खानेपानी आयोजना सम्पन्न भएका छन् ।

खानेपानी आयोजनाको बाँकी बजेट रकम कहाँबाट आउने भन्ने अन्योलका कारण निर्माणाधीन आयोजनाका काम रोकिएको डिभिजन कार्यालयका काभ्रेपलाञ्चोकस्थित प्राविधिक राजेन्द्र श्रेष्ठले बताए । बनेपा नगरपालिका–३ चुनातालका लिफ्टिङ खानेपानी उपभोक्ता समिति अध्यक्ष टेकप्रसाद दाहालले रु ३० लाखको खानेपानी योजनाको २०७३ साल साउनमा पहिलो किस्ता रु १० लाख लिएर शुरु गरिएको बताउँदै त्यसपछि थप बजेट नआउँदा काम अलपत्र अवस्थामा रहेको जानकारी दिए ।

मुलुक सङ्घीयतामा गएसँगै खानेपानी आयोजनाको बाँकी बजेट रकम केन्द्र सरकार वा प्रदेश सरकारमार्फत आउने भन्ने अन्योलका कारण निर्माणाधीन आयोजना अलपत्र अवस्थामा पुगेका हुन् ।

डिभिजन कार्यालय प्रमुख चौलागाईंले पुनःनिर्माण कार्यक्रमअन्तर्गतको निर्माणाधीन खानेपानी आयोजनाका लागि गत चैत महीनामा प्रदेश सरकारबाट बजेट आउने भएपछि केही योजनाको काम सकिएको र केहीको काम अघि बढेको जानकारी दिए । उनले भने, “पुनःनिर्माणका खानेपानी आयोजनाको काम पनि तीन वर्षमा, अर्थात् असार मसान्तसम्ममा नै सक्नुपर्ने थियो ।”

वि.सं.२०७६ साउन ६ सोमवार १२:१६ मा प्रकाशित

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन...

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...