
७ साउन, काठमाण्डौं । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट (CRICKET) को एसिया क्षेत्र छनौटको अन्तिम चरणको खेलमा नेपालले कतारलाई १२३ रनको लक्ष दिएको छ ।
सिंगापुरको इण्डियन एसोसियनको क्रिकेट मैदानमा नेपाली समय बिहान ७ बजेर १५ मिनेट जाँदा सुरु भएको टि–ट्वान्टी विश्व कप क्रिेकेटमा नेपालले टस जितेर कतारविरुद्ध व्याटिङ गरेको थियो ।
कतारका खेलाडीको निकै दवावमा परेका नेपाली खेलाडीले दर्शकले आसा गरेजस्तो रन ल्याउन सकेनन् । २० ओभरको खेलमा कम्तिमा पनि १५० रन नेपालले ल्याउने आसा गरिएको थियो । तर, आजकोव्याटिङ प्रदर्शन त्यति राम्रो नभएको भन्दै दर्शकले खल्लो महसुस गरेका थिए ।
खेलमा कप्तान पारस खड्काले १७ बलमा २८ रन ल्याएर आउट भएका थिए भने ज्ञानेन्द्र मल्लले २४ बलबाट २३ रन, शरद भेषवाकरले १३ बलमा ७ रन, दिपेन्द्र सिंह ऐरीले ३५ बलमा एक चौकासहित ३४ रन, सोमपाल कामीले १२ बलमा एक चौकासहित ११ रन, विनोद भण्डारीले ७ बलमा ३ रन, करण केसीले ४ बलमा ४ रन, करण केसीले ४ बलमा ४ रन, सन्दीप लामिछानेले ५ बलमा एक ६ क्कासहित ९ रन, बसन्त रेग्मीले १ बलमा १ रन ल्याएका थिए ।
अन्तिममा नेपालले १० विकेट नै गुमाएर १२२ रनको लक्ष्य कतारलाई दिएको छ । कतारको व्याटिङको पालो केहि समयमा सुरु हुनेछ ।
आजको खेलसँगै नेपालले अव ४ वटा देशसँग खेल्नुपर्ने हुन्छ भने बुधबार नेपालले मलेसियासँग खेल्दैछ ।
सोमबारदेखि सिंगापुरमा सुरु भएको आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल सहित ५ देश सहभागी रहेका छन् ।
सोमबार देखि सुरु भएको उक्त खेलमा आयोजक राष्ट्र सिंगापुरले कतारलाई ३३ रनले हराएको थियो भने मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै जित हासिल गरेको छ ।
एसियाली क्षेत्रको फाइनल छनौटमा नेपाल, सिंगापुर, कतार, मलेसिया र कुवेत सहभागी भएका छन् भने आगामी अक्टोबर नोभेम्बरमा युएईमा आयोजित विश्वकप छनौटमा विश्वका विभिन्न १४ टोलीले प्रतिश्प्रधा गर्ने छन् ।
युएईको प्रतिश्पर्धामा छनौट शीर्ष ६ टोलीले २०२० मा अष्ट्रेलियामा आयोजित विश्वकप टि–ट्वान्टी क्रिेकेटका लागि छानिनेछन् । साथै विश्वकप छनौट चरणबाट आएका ६ टोलीले आइसीसी वरियतामा शीर्ष १० स्थानमा रहेका टोलीसँग प्रतिश्पर्धा गर्नेछन् ।