माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि घिसिङले भारतको कलकत्तास्थित टेक्स्याकोका प्रमुख कार्यकारी अधिकृत जिसी अग्रवाललाई आयोजनास्थलबाटै फोन सम्पर्क गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन ।
“आयोजनास्थलमा परिचालित व्यवस्थापन ज्यादै कमजोर छ, काममा पर्याप्त जनशक्ति पनि परिचालन भएको छैन । व्यवस्थापन सुधार गरी जनशक्ति थपेर काममा गति दिनुहोस्”, घिसिङको आग्रह छ ।
‘गोरखा भूकम्प’ त्यसपछिका परकम्पन एवं बाढीपहिराले पु¥याएको क्षति तथा अवरोध, तराई–मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माणमा ढिलाइ भएको छ ।
आयोजनाको निर्माण आर्थिक वर्ष २०७३÷७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५÷७६ को पुस महीनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो । आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
वि.सं.२०७६ साउन ७ मंगलवार १४:३१ मा प्रकाशित






























