back
CTIZAN AD

प्रहरी कार्यालय सञ्चालनमा आफ्ना भवन नहुँदा ७४ लाख भाडामा खर्च

वि.सं.२०७६ साउन ८ बुधवार

1.1K 

shares


८ साउन, काठमाडौँ । कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयहरु भवनविहीन भएका छन् । आफनै भवन नहुँदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालय भाडामा बस्ने गरेका छन् ।

कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका १८९ कार्यालयमध्ये ८६ कार्यालय अरुको घरमा भाडा तिरेर बसेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए। जोशीका अनुसार जाजरकोटमा १३, रुकुम पश्चिम १२, दैलेख १०, कालीकोट नौ, हुम्ला नौ, सुर्खेत आठ, सल्यान आठ, डोल्पा छ, मुगु छ र जुम्ला चार प्रहरी कार्यालय आफ्नो भवन नहुँदा महङ्गो रकम तिरेर भाडामा बसेका छन् ।

७४ लाख भाडामा खर्च

कर्णाली प्रदेशमा नेपाल प्रहरीका विभिन्न कार्यालयको कार्यालय व्यवस्थापनका लागि वार्षिक झण्डै रु ७४ लाख बढी रकम भाडामा खर्च हुने गरेको छ । कार्यालय सञ्चालनका लागि आफ्नो भवन नहँुदा कर्णाली प्रदेशका विभिन्न प्रहरी कार्यालयले वार्षिक रु ७३ लाख ८० हजार ८५२ बढी रकम भाडामा मात्र खर्च गर्ने गरेको प्रहरी नायब महानिरीक्षक जोशीले जानकारी दिए ।

आफ्नो नाममा भवन नहुँदा कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा रु १९ लाख ९३ हजार १५२, रुकुम रु १० लाख ६२ हजार ६७२, जाजरकोटमा रु सात लाख ३७ हजार २०८, सल्यानमा रु सात लाख २० हजार, कालीकोटमा रु छ लाख ६२ हजार ८८ घरभाडामा भुक्तानी गर्ने गरेको जोशीले जानकारी दिए ।

त्यस्तै दैलेखमा रु पाँच लाख ७९ हजार ७२०, हुम्लामा रु पाँच लाख ६३ हजार ४०, मुगुमा रु चार लाख १० हजार ४००, डोल्पामा रु तीन लाख ९८ हजार ५३२ र जुम्लामा रु दुई लाख ५४ हजार ४० भाडावापत वार्षिकरूपमा भुक्तानी गर्ने गरिएको उहाँले बताए।

आफ्नो वार्षिक भाडाको रकमले नपुग्दा स्थानीय तह तथा अन्यले केही प्रहरी चौकीको भाडा तिरिदिने गरेको उनको भनाइ छ । जनतासँग प्रत्यक्षरूपमा जोडिएको नेपाल प्रहरी नै भवन अभावमा बस्नुपर्दा कार्यसम्पादनमा असर पर्ने उनले बताए । सामान्यतया खाने, बस्ने, शौचालयलगायतका आधारभूत कुरा परिपूर्ति नहुँदा प्रहरीलाई दैनिक कार्यसम्पादनमा असर पर्ने गरेको उनको भनाइ छ । “प्रदेशको आफ्नो जग्गा छैन, जग्गा प्राप्तिका लागि पहल गरिएको छ, जग्गा प्राप्ति भएमा भवन निमार्णको पहल गरिनेछ”, उनले भने । आफ्नो नाममा जग्गा भए पनि कर्णालीका अधिकांश प्रहरी चौकीहरुले बजेट अभावमा भवन बनाउन सकेका छैनन् ।

आधा दर्जन कार्यालय प्रदेश बाहिर

आफ्नो प्रदेशमा भवन नहुँदा कर्णाली प्रदेशका आधा दर्जन कार्यालय प्रदेश बाहिर सञ्चालन भएका छन् । प्रहरीका महत्वपूर्ण कार्यालय भवन अभावमा प्रदेश नं ५ को नेपालगञ्जबाट सञ्चालन हुन बाध्य छन् । कर्णाली प्रदेशको प्रदेश प्रहरी तालीम केन्द्र, प्रदेश प्रहरी दङ्गा नियन्त्रण गण, सङ्घी प्रहरी एकाइ कार्यालय, प्रदेश प्रहरी कुकुर शाखा, प्रदेश प्रहरी सवारी शाखा र प्रदेश प्रहरी भण्डार शाखा नेपालगञ्जबाट सञ्चालन भएको प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक जोशीले जानकारी दिए

वि.सं.२०७६ साउन ८ बुधवार ११:१४ मा प्रकाशित

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख...

धार्मिक पर्यटनको गन्तव्य त्रिवेणीधाम

धार्मिक पर्यटनको गन्तव्य त्रिवेणीधाम

जुम्ला । जुम्लाको तिला गाउँपालिका–४ स्थित त्रिवेणी क्षेत्र धार्मिक पर्यटनको...

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको...

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

खलङ्गा (दार्चुला) । सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी...

प्रतिनिधिसभा निर्वाचनः जुम्लामा धमाधम तयारी

प्रतिनिधिसभा निर्वाचनः जुम्लामा धमाधम तयारी

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको...