back
CTIZAN AD

नेपालको शानदार जित, ७ विकेटले मलेसिया पराजित

वि.सं.२०७६ साउन ८ बुधवार

1K 

shares

८ साउन, काठमाण्डौं । टि–२० आइसीसी विश्वकप क्रिकेटमा नेपालद्धारा मलेसिया ७ विकेटले पारजित भएको छ ।

आइसीसी टि–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनौटको अन्तिम चरणको आजको खेलमा नेपालले मलेसियालाई ८६ रनसहित सात विकेटले हराएको हो ।

टस जितेर फिल्डीङ रोजेको नेपाललाई मलेसियाले ७ विकेटको क्षतिसहित ८४ रनको लक्ष्य दिएको थियो ।

नेपालले ६ बल खेल्नुभन्दा अगाडि नै १ छक्का सहित ८६ रन जोड्दै ७ विकेटले मलेसियालाई हराएको छ । खेलमा नेपालले ३ विकेट गुमाउदै ८६ रन बनायो ।

खेलको पहिलो ओभरमा प्रदिप ऐरी र ज्ञानेन्द्र मल्लले व्याटिङ गरेका थिए । जसमा ३ ओभरको खेलमा ज्ञानेन्द्र मल्लले १ छक्का हानेका थिए । मल्लले आजको खेलमा २१ बलबाट ५१ रन ल्याएर अर्धशतक पूरा गरेका छन् ।

आजको पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल, दोश्रोमा प्रदिप ऐरी र तेश्रो विकेटका रुपमा दिपेन्द्र ऐरी मैदानबाट आउट भएका थिए ।

आजको खेलमा प्रदिप सिंह एरीले १४ बलमा १२ रन, ज्ञानेन्द्र मल्लले २१ बलमा ५१ रन, बिनोद भण्डारीले ८ बलमा १३ रन, दिपेन्द्र सिंह ऐरीले ४ बलमा २ रन र शरद भेषवाकरले २ बलमा ३ रन जोडेका थिए ।

मंगलबार कतारसँगको खेलमा नेपालले राम्रो व्याटिङ नगरेकै कारण हार बेर्होनु परेको थियो । आजको खेलमा नेपालका ३ ब्याट्सम्यान आउट भएपनि नेपालले धेरै राम्रो खेलेको क्रिकेट प्रेमीहरुको भनाई छ ।

आजको खेलसँगै नेपाल तेश्रो स्थानमा उक्लेको छ । नेपालले अब सिंगापुरसँग खेल्नेछ ।

वि.सं.२०७६ साउन ८ बुधवार ११:१५ मा प्रकाशित

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...