
८ साउन, काठमाण्डौं । टि–२० आइसीसी विश्वकप क्रिकेटमा नेपालद्धारा मलेसिया ७ विकेटले पारजित भएको छ ।
आइसीसी टि–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनौटको अन्तिम चरणको आजको खेलमा नेपालले मलेसियालाई ८६ रनसहित सात विकेटले हराएको हो ।
टस जितेर फिल्डीङ रोजेको नेपाललाई मलेसियाले ७ विकेटको क्षतिसहित ८४ रनको लक्ष्य दिएको थियो ।
नेपालले ६ बल खेल्नुभन्दा अगाडि नै १ छक्का सहित ८६ रन जोड्दै ७ विकेटले मलेसियालाई हराएको छ । खेलमा नेपालले ३ विकेट गुमाउदै ८६ रन बनायो ।
खेलको पहिलो ओभरमा प्रदिप ऐरी र ज्ञानेन्द्र मल्लले व्याटिङ गरेका थिए । जसमा ३ ओभरको खेलमा ज्ञानेन्द्र मल्लले १ छक्का हानेका थिए । मल्लले आजको खेलमा २१ बलबाट ५१ रन ल्याएर अर्धशतक पूरा गरेका छन् ।
आजको पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल, दोश्रोमा प्रदिप ऐरी र तेश्रो विकेटका रुपमा दिपेन्द्र ऐरी मैदानबाट आउट भएका थिए ।
आजको खेलमा प्रदिप सिंह एरीले १४ बलमा १२ रन, ज्ञानेन्द्र मल्लले २१ बलमा ५१ रन, बिनोद भण्डारीले ८ बलमा १३ रन, दिपेन्द्र सिंह ऐरीले ४ बलमा २ रन र शरद भेषवाकरले २ बलमा ३ रन जोडेका थिए ।
मंगलबार कतारसँगको खेलमा नेपालले राम्रो व्याटिङ नगरेकै कारण हार बेर्होनु परेको थियो । आजको खेलमा नेपालका ३ ब्याट्सम्यान आउट भएपनि नेपालले धेरै राम्रो खेलेको क्रिकेट प्रेमीहरुको भनाई छ ।
आजको खेलसँगै नेपाल तेश्रो स्थानमा उक्लेको छ । नेपालले अब सिंगापुरसँग खेल्नेछ ।