back
CTIZAN AD

बबईमा बाढी, २ बेपत्ता, राजमार्ग तथा मुख्य सडकहरुको यस्तो छ अवस्था

वि.सं.२०७६ साउन ८ बुधवार

1.2K 

shares

८ साउन, काठमाडौँ । बर्दिया बबई नदीको बाढीमा परी २ जना बेपत्ता भएका छन् । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालिन सञ्चालन केन्द्रका अनुसार बबई नदीको बाढीमा आएको काठ सङ्कलन गर्न गएका ३ ब्यक्तिलाई बाढीले बगाएकोमा १ को उद्दार गरिएको र अरु २ जना बेपत्ता भएका हुन् ।

बबईमा नदिको सतह बढेपछि मिति २०७६/०४/०८ गते जिल्ला प्रशासन कार्यालय वर्दियाले बबई नदिको तल्लो तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन सूचना जारी गरेको छ ।

केन्द्रले वर्षा तथा पहिरोको कारण बन्द रहेका विभिन्न राजमार्ग तथा मुख्य सडकहरुबारे पनि जानकारी गराएको छ ।

# २७ गते देखि कटारी न.पा-१४ घुर्मी भदौरे खोलामा पहिरोको शिद्धिचरण राजमार्ग अवरोध, ऐ.रौतामाई गा.पा-५ स्थित अधेरी खोलामा पहिरो आई गाई घाट खोटाङ सडक अवरोध, यथावत ।
# १ गते १२:१५ बजे बजेबाट फाल्गुनन्द गा.पा-३ स्थित मेची राजमार्ग स्थित पाङग्रेभिर भन्‍ने स्थानमा सडकमा माथिबाट ढुङ्गाहरू झरी बाटो अवरोध यथावत ।
# भट्टेडाँडा आग्राङ टुङगुन जाने कान्ती लोकपथ हेटौडा जाने सडक खण्ड अवरोध ।
# ८ गते ०६:४५ बजे धरान चतरा सडकखण्ड र फास्ट ट्रयाक जोडिएको ठाउ (हेटौडा फापरबारी सडकखण्ड) ,बाटो पुर्ण रुपमा अबरोध ।
# गंगटे स्थित हेटौडाबाट ठिङगन हुँदै ललितपुरबाट काठमाण्डौ आउने कान्ति लोकपथ सडक अबरोध, ।
# अन्नपुर्ण गा.पा.३ दाना भ्याडे स्थित बेनी जोम सोम सड्क खण्ड मा माथीबाट सुख्खा पहिरो आई बेनी जोमसोम सड्क खण्ड पुर्ण रुपमा बन्द भएको ।
# २७ गते ०६:०० बजे देखि नासु गा.पा.-१ प्यादि खोलामा पानीको बहाब बढी भई बेशिसहर मनाङ सडक अवरोध भएको, ठुला सवारी साधन आवत जावत गर्न सक्ने ।
# ८ गते ०६:५० बजे जिल्ला दैलेख गुरास गाउपालिका वडा नं. १ र २ तल्लोडुङगेश्वर देखी मैनिखोला सम्म राति परेको अबिरल बर्षाका कारणले ठाउ ठाउमा पहिरो गई कर्णाली राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको ।
# ८ गते ०६ बजे जिल्ला दैलेख गुरास गा.पा ४ मा पर्ने लुहाखोलामा बाढी आई बाटोमा ढुङगा,माटो थुपारी सुर्खेत दैलेख सडक खण्ड पुर्ण रुपमा अबरुद्ध भएको ।
‍‍# ४/८ गते ०७:५० बजे देखी जिल्ला अछाम कमलबजार न.पा.५ किर्तिपुर भन्ने स्थानमा मंगलसेन बाट दैलेख हुदै सुर्खेत जाने मध्यपहाडी लोकमार्ग पहिरो आई बाटो ‍‍‍अवरुद्ध भएको।

त्यसैगरी जल तथा मौषम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशैभर वर्षा हुने सम्भावना रहेको र केही क्षेत्रमा सर्तकर्ता अपनाउन आग्रह गरेको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेको जनाएको हो ।

चितवन,पर्सा, बारा, मकबानपुर, नवलपुरासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १, २, ३, ५, गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको संभावना रहेका कारण तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

चितवन जिल्ला माडी क्षेत्रको कल्याणपुर, बनकट्टा, ठोरी र आसपास भारी बर्षा मापन भएको छ, रिउखोला बनकट्टा बाढी मापन केन्द्रमा बहावले सतर्कता पार गरेको र बढ्दो रहेको, खतरा तह पनि पार गर्ने संभावना रहेकाले तटिय क्षेत्रमा बेलुका सम्मै सतर्क रहन भनिएको छ ।

वि.सं.२०७६ साउन ८ बुधवार ११:१३ मा प्रकाशित

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...