
गोरखा नगरपालिका ८ आहालेस्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा नवनिर्मित उमेश अर्याल स्मृति सदनको उद्घाटन गरिएको छ । आइतबार एक समारोहका बीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र निर्मल अर्यालले सो स्मृति सदनको उद्घाटन गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्व कट्टेलको अध्यक्षतामा सम्पन्न भएको सदन उद्घाटन समारोहमा सो नगरपालिका वडा नं ६ का वडाअध्यक्ष नारायणप्रसाद अर्याल, दण्डपाणि अर्याल स्मृति प्रतिष्ठानकी सचिव गीता रेग्मी, उमेश अर्यालका दाजु निर्मल अर्याल, विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, मेयर पन्त लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
स्व भाई उमेश अर्यालको नाममा केहि सामाजिक कार्य गर्ने परिवारको चाहना अनुसार सरस्वती उच्च मा बिमा स्मृति सभाको निर्माण गरिएको निर्मल अर्यालले बताए । २१ जुलाई २०१९ आइतबार उक्त स्मृति सभा स्कूललाई हस्तान्तरण गरिएको पनि उनले बताए । निर्मलले स्मृति सभा हल निर्माण कार्य, हस्तांतरण समारोह सम्पन्न गर्न सहयोग गर्ने सबैमा परिवारको तर्फबाट कृतज्ञता ब्यक्त गरेका छन् ।


गोरखा नगरपालिका दरबारमार्ग स्थायी घर भई फ्रान्समा बसोबास गर्दै आएका उमेश अर्यालको २०७४ सालमा निधन भएको थियो । उनकै स्मृतिमा उनका पिता हरिहर अर्यालले पढाएको विद्यालयमा सातलाख ५० हजार रुपैंयाको लागतमा सो सदन निर्माण गरिएको हो ।