२४ जुलाई, अष्ट्रिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको अध्यक्षमा विनोद चौलागाईँ निर्वाचित भएका छन् ।
जुलाई २१ मा सम्पन्न भएको संघको निर्वाचनले अध्यक्षमा विनोद चौलागाईँ र महासचिवमा भवानी तिवारीलाई निर्वाचित गरेको हो । भवानी यसअघि संघको महिला संयोजक रहेकी थिइन् ।
त्यस्तै संघको अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा विकास कार्की, उपाध्यक्षमा कुमार अधिकारी, महिला उपाध्यक्षमा आशा थापा,सचिवद्धयमा शुभद्रा थापा भण्डारी, याङ्गजोम लाब्राङ्ग, कोषाध्यक्षमा बिकास कुमार भट्टराई, सहकोषाध्यक्षमा श्रीमती दुर्गा ढकाल, महिला संयोजकमा सम्झना बोहरा, महिला उपसंयोजकमा एलिजा श्रेष्ठ, युवा संयोजकमा दिनेश बैदवार र युवा उपसंयोजक सन्तोष भट्ट रहेका छन् ।

त्यसैगरी संघको सदस्यमा शेखर कुमार लामा, अर्जुन घिमिरे, राम बहादुर विश्वकर्मा बिरेन्द्र बहादुर पुन र बसन्त गुरुङ्ग निर्वाचित भएका हुन् ।
त्यस्तै संघको आइसीसी सदस्यमा राजकुमार उपाध्याय निर्वाचित भएका छन् ।
वि.सं.२०७६ साउन ८ बुधवार १४:४६ मा प्रकाशित






















