back
CTIZAN AD

अठासी प्रतिशत विकास खर्च

वि.सं.२०७६ साउन ८ बुधवार

747 

shares

८ साउन, काठमाडौँ । कञ्चनपुरमा गत आर्थिक वर्षको विकास खर्च ८८ प्रतिशत भएको छ । जिल्लामा आएको सङ्घीय र सुदूरपश्चिम प्रदेश सरकाबाट आएको रु चार अर्ब ५५ करोड चार लाख ७५ हजार पूँजीगत बजेटमध्ये रु चार अर्ब ५८ लाख ९२ हजार खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मणिभद्र न्यौपानेका अनुसार कूल बजेटको ८८ दशमलव १२ प्रतिशत खर्च भएको छ । “अन्यत्रको तुलनामा विकास खर्च सन्तोषजनक नै भयो”, उनले भने । आवको अन्तिममा बजेट थप भएर आउँदा बढी खर्च भएको जानकारी दिए । “असारमा मात्र रु एक अर्ब १६ करोड बजेट थपिएर आएकोे थियो”, न्यौपानेले भने, “निमार्ण योजना समयमै कार्यान्वयन नहुँदा असारमा खर्च बढी हुन्छ ।”

यस्तै कञ्चनपुरका विभिन्न कार्यालयले विकास खर्च गर्न नसक्दा गत आर्थिक वर्षको रु एक अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । “अधिकांश कार्यालयले ९५ प्रतिशत विकास खर्च गरेका छन्”, नियन्त्रक न्यौपानेले भने, “अघिल्लो आवको तुलनामा जिल्लामा बजेट कम आए पनि खर्च हुन सकेन ।” गत आवमा यहाँ सङ्घीय सरकारको पूँजीगततर्फको बजेट रु चार अर्ब १९ करोड ८० लाख ६१ हजार तथा सुदूरपश्चिम प्रदेश सरकारको रु ३५ करोड २४ लाख १४ हजार बजेट विनियोजित गरिएको थियो । (रासस)

वि.सं.२०७६ साउन ८ बुधवार १४:५१ मा प्रकाशित

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...