back
CTIZAN AD

छायाँछवि म्यूजिक अवार्डका लागि तीजगीत दर्ता गर्न आव्हान्

वि.सं.२०७६ साउन ८ बुधवार

921 

shares

८ साउन, काठमाडौं । छायाँछवि क्रियशनले विगत ६ वर्षदेखि गर्दै आएको विल्कुलै नवीनतम् छायाँछवि तीज म्यूजिक अवार्डको छैठौं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ ।

खासगरी नेपाली हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ ।

पहिले पहिले खासगरी घरबाट पीडित बुहारीहरुको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तनमा सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ । यहि क्रमका गीतहरु गाउँघरका जमघटबाट अझै पर हटेर मुलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा ८०० देखी १००० गीत प्रकाशित हुने गरेका छन् । यी नै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीता अधिकारीले बताएकि छिन् ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । साथै प्रियले तीज अवार्ड आगामी भाद्र १२ गते एक भव्य कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न गरिने जानकारी गराए ।

वि.सं.२०७६ साउन ८ बुधवार १७:१९ मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...