Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

दोर्दी घटनामा मृत्यु भएका ४ को सनाखत, ६ अर्झै बेपत्ता



९ साउन, काठमाडौँ । बुधबार साँझपख लमजुङको दोर्दीखोलामा अचानक आएको बाढीले बगाएर मृत्यु भएका चारजनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका ८ का ५० वर्षीय भुवनेश्वर चौधरी, डढेल्धुराको आलेतालनपा ६ का ५० वर्षीय रमेश बुढा, बाराको जितपुर उपमहानगर पालिकाका ३५ वर्षीय शिवलाल चौधरी र ३५ वर्षीय अन्सारी रहेका छन् ।

मृत्यु भएका चारैजना दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार रहेको प्रहरीले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईका अनुसार ६ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा सप्तरीका सुरेन्द्र चौधरी, डढेल्धुराका कर्ण बुढा, कञ्चनपुरका देवबहादुर कोली, बाराका ज्ञानेन्द्र चौधरी भोजपुरका दिवस कटुवाल र लमजुङका विनोद तामाङ छन् ।

बाढीले ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटरलगायतका सामग्री बगाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले