back
CTIZAN AD

दोर्दी घटनामा मृत्यु भएका ४ को सनाखत, ६ अर्झै बेपत्ता

वि.सं.२०७६ साउन ९ बिहीवार

879 

shares

९ साउन, काठमाडौँ । बुधबार साँझपख लमजुङको दोर्दीखोलामा अचानक आएको बाढीले बगाएर मृत्यु भएका चारजनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका ८ का ५० वर्षीय भुवनेश्वर चौधरी, डढेल्धुराको आलेतालनपा ६ का ५० वर्षीय रमेश बुढा, बाराको जितपुर उपमहानगर पालिकाका ३५ वर्षीय शिवलाल चौधरी र ३५ वर्षीय अन्सारी रहेका छन् ।

मृत्यु भएका चारैजना दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार रहेको प्रहरीले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईका अनुसार ६ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा सप्तरीका सुरेन्द्र चौधरी, डढेल्धुराका कर्ण बुढा, कञ्चनपुरका देवबहादुर कोली, बाराका ज्ञानेन्द्र चौधरी भोजपुरका दिवस कटुवाल र लमजुङका विनोद तामाङ छन् ।

बाढीले ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटरलगायतका सामग्री बगाएको छ ।

वि.सं.२०७६ साउन ९ बिहीवार १३:५८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...