back
CTIZAN AD

महिनावारीका बेला विद्यालय जान नसक्ने बाध्यता

वि.सं.२०७६ साउन १० शुक्रवार

1K 

shares


१० साउन, काठमाडौँ । नेपालगञ्जका अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महिनावारीको समयमा विद्यालय आउँदैनन् । विद्यालयमा महिलामैत्री शौचालय नहुनु र भएका शौचालयमा पनि प्याड फेर्न तथा सरसफाइका लागि पानीको अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । विद्यालय आउन नसक्ने बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले पनि छात्रालाई पिरोल्ने गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा ४३ सामुदायिक विद्यालय छन् । नगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राको सङ्ख्या करीव छ हजार रहेको छ । “महिनावारी भएका समयमा कपडा फेर्न तथा सेनेटरी प्याड प्रयोग गर्न मिल्ने सरसफाइयुक्त शौचालय नभएकाले बाध्य भएर विद्यालय नजाने गरेको हो”, नाम बताउन नचाहने युद्द विद्यालयका एक छात्राले भनिन् ।

महिनावारी हुँदा विद्यालयमै सेनेटरी प्याड प्रयोग गर्न सकिने शौचालय भएमा सहजता हुनुका साथै कपडा र प्याड फेर्न घर जानुपर्ने बाध्यता नहुने छात्राको भनाइ छ । “विद्यालयमा महिलामैत्री शौचालय निर्माण, सरसफाइको व्यवस्था र सेनेटरी प्याडको व्यवस्था भएपछि छात्राले महिनावारी हुँदा विद्यालय छाड्नै पर्दैन”, शिक्षिका मोहिनी योगीको भनाइ छ ।

विशेषतः कक्षा ६ देखि १० सम्मका छात्रालाई सेनेटरी प्याड र महिलामैत्री शौचालय हुनु आवश्यक हुन्छ । विद्यालयमा छात्राका लागि कपडा र प्याड फेर्न मिल्नेसम्मको शौचालय तयार गरिदिए मात्र पनि धेरै छात्रालाई सजिलो हुने उहाँको सुझाव छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित केही सामुदायिक विद्यालयमा अहिले महिलामैत्री शौचालय निर्माण हँुदैछन् तर अझै थुप्रै विद्यालयमा महिलामैत्री शौचालय निर्माण हुन सकेको छैन । नेपालगञ्ज उपमहानगरले पञ्चवर्षीय परियोजनाअन्तर्गत नगरमा रहेका सामुदायिक विद्यालयमा महिलामैत्री शौचालय निर्माण गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए । (रासस)



वि.सं.२०७६ साउन १० शुक्रवार १६:०१ मा प्रकाशित

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...