
१२ साउन, काठमाडौ । लोकसंगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी शोभा तिवारी लोहनीको ६७ औं जन्मजयन्ती विभिन्न कार्यक्रमसाथ शुक्रबार मनाइएको छ ।
शोभा अर्जुन संगीत कोषद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा तिवारीद्वारा लिखित कविता तथा लोक संगीत सम्बन्धी लेखसंग्रह आमा ! मेरी आमा !! सार्वजनिक गरिएको थियो ।
प्राज्ञ तथा संस्कृतिविद् तुलसी दिबस, मञ्जु काचँुली, प्रमोद प्रधान, हिरण्य कुमारी पाठक, आशिष तिवारी, किशोर थापा, राधेश्याम मुल्मी, नरेन्द« नाथ लोहनीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।
सो अवसरमा श्रष्टा तिवारीको स्मृतिमा स्थापित छात्रबृत्ति प्रदान गरिएको थियो । त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसमा बीएफए चौथो सेमेस्टरमा लोकसंगीत विषय अध्ययनरत उपेन्द्र शाही निषादलाई सो छात्रबृत्ति प्रदान गरियो । १० /१० हजार रुपियाँ राशिको सो छात्रबृत्ति स्व.लोहनीका दुई छोरी र छोरा बुहारीले स्थापना गरेका हुन् । त्यस्तै, सोही क्याम्पसमा एमफए चौंथो सेमेस्टरमा अध्ययनरत प्रतिक्षा भण्डारीलाई समेत छात्रबृत्ति प्रदान गरिएको छ । भण्डारीले शोभा तिवारी लोहनीको जीवनी र कृतिमा सोध गर्नु लागेकी छन् ।
सोही अवसरमा पुस्तकका सम्पादक प्रमोद प्रधान, आवरण चित्रकार राधेश्याम मुल्मी, सितारवादक ज्ञानुराधा गोर्खाली, किशोर थापालगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा ऋचा शर्मा तिवारीले स्वागत र स्मृति शर्मा तिवारीले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा गायन तथा स्व.शोभा तिवारीद्वार लिखित कविता वाचन गरिएको थियो । कार्यक्रम कोषका अध्यक्ष आशिष तिवारीले कोषबारे जानकारी दिएका थिए ।