back
CTIZAN AD

शोभा तिवारीको ६७ औं जन्मजयन्तीमा पुस्तक विमोचन र छात्रबृत्ति प्रदान

वि.सं.२०७६ साउन १२ आइतवार

1.2K 

shares

१२ साउन, काठमाडौ । लोकसंगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी शोभा तिवारी लोहनीको ६७ औं जन्मजयन्ती विभिन्न कार्यक्रमसाथ शुक्रबार मनाइएको छ ।

शोभा अर्जुन संगीत कोषद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा तिवारीद्वारा लिखित कविता तथा लोक संगीत सम्बन्धी लेखसंग्रह आमा ! मेरी आमा !! सार्वजनिक गरिएको थियो ।

प्राज्ञ तथा संस्कृतिविद् तुलसी दिबस, मञ्जु काचँुली, प्रमोद प्रधान, हिरण्य कुमारी पाठक, आशिष तिवारी, किशोर थापा, राधेश्याम मुल्मी, नरेन्द« नाथ लोहनीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।

सो अवसरमा श्रष्टा तिवारीको स्मृतिमा स्थापित छात्रबृत्ति प्रदान गरिएको थियो । त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसमा बीएफए चौथो सेमेस्टरमा लोकसंगीत विषय अध्ययनरत उपेन्द्र शाही निषादलाई सो छात्रबृत्ति प्रदान गरियो । १० /१० हजार रुपियाँ राशिको सो छात्रबृत्ति स्व.लोहनीका दुई छोरी र छोरा बुहारीले स्थापना गरेका हुन् । त्यस्तै, सोही क्याम्पसमा एमफए चौंथो सेमेस्टरमा अध्ययनरत प्रतिक्षा भण्डारीलाई समेत छात्रबृत्ति प्रदान गरिएको छ । भण्डारीले शोभा तिवारी लोहनीको जीवनी र कृतिमा सोध गर्नु लागेकी छन् ।

सोही अवसरमा पुस्तकका सम्पादक प्रमोद प्रधान, आवरण चित्रकार राधेश्याम मुल्मी, सितारवादक ज्ञानुराधा गोर्खाली, किशोर थापालगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा ऋचा शर्मा तिवारीले स्वागत र स्मृति शर्मा तिवारीले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा गायन तथा स्व.शोभा तिवारीद्वार लिखित कविता वाचन गरिएको थियो । कार्यक्रम कोषका अध्यक्ष आशिष तिवारीले कोषबारे जानकारी दिएका थिए ।

वि.सं.२०७६ साउन १२ आइतवार १०:५३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...