back
CTIZAN AD

अझै अन्योलमा कुलेखानी तेस्रो

वि.सं.२०७६ साउन १५ बुधवार

1K 

shares

१५ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अझै अन्योलमा रहेको छ । विगत ११ वर्षदेखि निर्माणाधीन रहेको आयोजनाको असार मसान्तबाट परीक्षण उत्पादन शुरु हुने भनिए पनि निर्माणको ठेक्का पाएको चीनको जेजियाङ जियालिङ कम्पनीले आवश्यक प्राविधिक समयमै नल्याउँदा परीक्षण उत्पादन अन्योलमा परेको हो ।

आयोजना प्रमुख सुवास मिश्रको अनुसार असार दोस्रो साता नै कुलेखानी तेस्रोको विद्युत् गृहमा जडान गरिएका उपकरणको पहिलो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भए पनि अन्तिम परीक्षणका लागि आवश्यक प्राविधिक समयमै नआउँदा तोकिएको समयमा उत्पादन परीक्षण शुरु गर्न नसकिएको हो । चिनियाँ कम्पनीले चीनबाट ल्याउनुपर्ने प्राविधिक नल्याउँदा तोकिएको समयमा परीक्षण उत्पादन गर्न नसकिएको आयोजना प्रमुख मिश्रले बताए ।

आयोजनाको निर्माण सम्पन्नको लागि आयोजनामा कार्यरत सबैजनाले धेरै पटक आग्रह गरेको भए पनि ठेक्का पाएको कम्पनी गम्भीर नहुँदा समस्या भएको आयोजना प्रमुख मिश्रको भनाइ छ । उनले भने, “चिनियाँ प्राविधिकले परीक्षण गरेपछि परीक्षणको कार्य सकिनेछ ।”

आयोजना प्रमुख मिश्रले उत्पादनसँगै राष्ट्रिय प्रसारणमा जोड्नका लागि एउटा टावर निर्माण गर्ने र तार तान्ने काम मात्र बाँकी रहेको बताए । मिति नै तोक्ने अवस्था नरहे पनि लगभग सबै काम सकिएकाले छिट्टै नै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने काम सम्पन्न गरिने उनको भनाइ छ ।

उनका अनुसार एउटा टावरको २० प्रतिशत काम मात्रै सकिन बाँकी रहेको छ । यस आयोजनाको सिभिल र मेकानिकलतर्फको काम अन्तिम चरणमा पुगे पनि परीक्षण उत्पादन नै शुरु नहुँदा मुख्य समस्या भएको उनले बताए ।

वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट घण्टा विद्युुत् उत्पादन गर्ने क्षमता रहेको यस आयोजनाको काम सन् २०१२ मा सम्पन्न गर्ने लक्ष्यका साथ सन् २००८ अप्रिल २७ देखि निर्माण कार्य शुरु भएको थियो ।

आयोजना ठेकेदार कम्पनी, प्राधिकरणको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण तोकिएको समयमा काम सम्पन्न नहुँदा पटकपटक म्याद थप्न नेपाल विद्युत् प्राधिकरण बाध्य भएको थियो । करीब रु दुई अर्ब ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका रहेको परियोजनाको लागत वृद्धि भएर रु चार अर्ब ६३ करोड पुगे पनि अझै उत्पादन मिति भने सुनिश्चित भइसकेको छैन ।

वि.सं.२०७६ साउन १५ बुधवार १७:५२ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...