back
CTIZAN AD

मृत भेटिए कफी टाइकुन सिद्धार्थ, आत्महत्या या हत्या भन्नेमा अनुसन्धान जारी

वि.सं.२०७६ साउन १६ बिहीवार

975 

shares

१ अगस्त, काठमाण्डौं । भारतका कफी टाइकुनका रुपमा चर्चित भएका सिद्धार्थ ख्।व् को मृत शरीर नदी किनारमा भेटिएको छ ।

सोमबारदेखि हराएका भारतका चर्चित कफी व्यवसायी विजे शिद्धार्थको शब दक्षिण भारतको एक नदीमा भेटिएको हो । प्रहरीका अनुसार ६० वर्षीय सिद्धार्थले सोमबार बेंग्लोर छाडेका थिए । उनले आफ्नो कार कर्नाटकको दक्षिण कन्नड जिल्लामा छाडेका थिए । उनले आफ्नो ड्राईभरलाई कुर्न पठाएर कार र ड्राइभर छोडेर नजिकैको पूलमा हिँडेर गएका थिए । जब उनी दुई घण्टासम्म नफर्केपनि ड्राइभरले प्रहरीलाई खबर गरेका थिए ।

सिद्धार्थको परिवार १३० वर्षदेखि कफी कारोबारमा संलग्न रहेका छन् । क्याफे कफी डेको मुख्य व्यवसायमा भारतमा रहेको छ भने त्यसका साखाहरु मलेसिया, इजिप्ट अष्ट्रिया लगायतका देशमा रहेका छन् भने उक्त कम्पनीमा ३० हजार भन्दा बढीलो रोजगार पाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । क्याफे कफी डेका १७ सय भन्दा बढी शाखा संचालनमा रहेका छन् ।

उनको मृत्युको कारण बढी ऋण भएको बताइएको छ । कर अधिकारीहरुले उनको कम्पनीमा छापा मार्न सुरु गरेपछि उनको कफी कम्पनीको साम्राज्यमा समस्या आएको थियो ।

सिद्धार्थले एक पत्र लेखेर छाडेको पनि प्रहरीले जनाएको छ । उक्त पत्रमा उनले कर अधिकारीहरुले दिएको पीडाको सामना गरिरहेको तथा त्यसले कम्पनीमा गम्भीर तरलताको कमी भएको लेखेको बताइएको छ । तर, उक्त पत्र उनले लेखेको होकि होइन भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनले पत्रमा आफूले धेरै प्रयास गर्दा पनि कम्पनीलाई सफल बनाउन नसकेको तथा कम्पनीमा लगानी गरेका एक साथीसँग शेयर किन्नका लागि ठूलो रकम लिएपछि उनलाई ऋणको दवाव परेको बताइएको छ । उनले आत्महत्या गरे वा कसैले हत्या गर्यो भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७६ साउन १६ बिहीवार ०९:२० मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...