Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

मृत भेटिए कफी टाइकुन सिद्धार्थ, आत्महत्या या हत्या भन्नेमा अनुसन्धान जारी



१ अगस्त, काठमाण्डौं । भारतका कफी टाइकुनका रुपमा चर्चित भएका सिद्धार्थ ख्।व् को मृत शरीर नदी किनारमा भेटिएको छ ।

सोमबारदेखि हराएका भारतका चर्चित कफी व्यवसायी विजे शिद्धार्थको शब दक्षिण भारतको एक नदीमा भेटिएको हो । प्रहरीका अनुसार ६० वर्षीय सिद्धार्थले सोमबार बेंग्लोर छाडेका थिए । उनले आफ्नो कार कर्नाटकको दक्षिण कन्नड जिल्लामा छाडेका थिए । उनले आफ्नो ड्राईभरलाई कुर्न पठाएर कार र ड्राइभर छोडेर नजिकैको पूलमा हिँडेर गएका थिए । जब उनी दुई घण्टासम्म नफर्केपनि ड्राइभरले प्रहरीलाई खबर गरेका थिए ।

सिद्धार्थको परिवार १३० वर्षदेखि कफी कारोबारमा संलग्न रहेका छन् । क्याफे कफी डेको मुख्य व्यवसायमा भारतमा रहेको छ भने त्यसका साखाहरु मलेसिया, इजिप्ट अष्ट्रिया लगायतका देशमा रहेका छन् भने उक्त कम्पनीमा ३० हजार भन्दा बढीलो रोजगार पाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । क्याफे कफी डेका १७ सय भन्दा बढी शाखा संचालनमा रहेका छन् ।

उनको मृत्युको कारण बढी ऋण भएको बताइएको छ । कर अधिकारीहरुले उनको कम्पनीमा छापा मार्न सुरु गरेपछि उनको कफी कम्पनीको साम्राज्यमा समस्या आएको थियो ।

सिद्धार्थले एक पत्र लेखेर छाडेको पनि प्रहरीले जनाएको छ । उक्त पत्रमा उनले कर अधिकारीहरुले दिएको पीडाको सामना गरिरहेको तथा त्यसले कम्पनीमा गम्भीर तरलताको कमी भएको लेखेको बताइएको छ । तर, उक्त पत्र उनले लेखेको होकि होइन भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनले पत्रमा आफूले धेरै प्रयास गर्दा पनि कम्पनीलाई सफल बनाउन नसकेको तथा कम्पनीमा लगानी गरेका एक साथीसँग शेयर किन्नका लागि ठूलो रकम लिएपछि उनलाई ऋणको दवाव परेको बताइएको छ । उनले आत्महत्या गरे वा कसैले हत्या गर्यो भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले