back
CTIZAN AD

सरकारी जग्गा अतिक्रमण गरी घर टहरा निर्माण

वि.सं.२०७३ मंसिर ६ सोमवार

627 

shares

 ६ मङ्सिर, बेनी (म्याग्दी) । जिल्लाको बेनी नगरपालिकामा स्थानीयवासीले सामुदायिक वन र सरकारी जग्गा अतिक्रमण गरी बस्ती बसाउने क्रम बढन थालेका छन् ।

जिल्लाको बेनी नगरपालिका–४ बगरफाँट र खवरामा सरकारी जग्गा अतिक्रमण गरेर घरटहरा बनाउने क्रम सुरु भएको हो । अहिलेसम्म १० भन्दा बढी घरटहरा निर्माण भएको बताइएको छ ।

बेनपा–४ बगरफाँटको बाङ्गेरामा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर कयौँ व्यक्तिले घडेरीे खरिद बिक्री समेत गरेका छन् भने तीन वटा घर निर्माण भइसकेका नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयवासिन्दाले जानकारी दिए । स्थानीयवासीले दिएको जानकारी अनुसार उनीहरूले आफूलाई अव्यवस्थित बसोबासीको रूपमा देखाइ सार्वजनिक र सरकारी जग्गा हडप्न लागेका हुन् ।

त्यसैगरी बेनपा–३ भकुण्डेचौरमा पनि सरकारी जग्गा अतिक्रमण भएको छ । बजार विस्तारै हुँदै गरेको भकुण्डेमा सार्वजनिक जग्गा कब्जा गरी केही टाठाबाठा व्यक्तिले घर निर्माण गरेका स्थानीयवासिन्दाले बताएका छन् । यता बगरफाँट सामुदायिक वन र खड्ग भवानीकोतको गुठी जग्गासमेत तीव्र रुपले अतिक्रमण भइरहेको बताइएको छ ।

जनश्रमदानबाट विद्यालय भवन निर्माण

समुदायको आँट र सरकारी निकायको सहयोग हुने हो भने विकास निर्माणका काम सजिलैसँग सम्पन्न हुँदा रहेछन् भन्ने उदाहरण म्याग्दीमा देखिएको छ ।

म्याग्दीको कुहु गाविस–८ थाइवाङमा सरकारी रकम कम भएपछि स्थानीयवासीले श्रमदान गरी थाइवाङ निमाविको तीन कोठे पक्की भनव निर्माण गरेर उदाहरणीय बनेका हुन् ।

भवन निर्माणको लागि जिल्ला शिक्षा कार्यालय म्याग्दीले उपलब्ध गराएको रु सात लाख ५० हजारले नपुगेपछि ८८ घर परिवारको बसोबास रहेको थाइवाङ गाउँका स्थानीयले प्रतिघर २५ दिनका दरले करिब रु चार लाख बराबरको श्रमदान गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार पाइजाले बताउनुभयो । अध्यक्ष पाइजाका अनुसार रु ११ लाखको लागतमा विद्यालय भवन निर्माण भएको हो । रासस

वि.सं.२०७३ मंसिर ६ सोमवार ०७:०६ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...