back
CTIZAN AD

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

वि.सं.२०८२ फागुन २२ शुक्रवार

564 

shares

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयको नजिक पुगेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ ।

भूमे र सिस्ने गाउँपालिकासँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको आठवटा वडाको मत गणना सकिँदा दाहालले आठ हजार ५०० मतले अग्रता कायम गर्दै जितको नजिक पुगेका हुन् ।

पन्ध्र हजार ८२३ मत गणना गर्दा प्रचण्डले आठ हजार ७४७ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लीलामणि गौतमले तीन हजार १७, नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले दुई हजार ४७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखन थापाले ७१२, राप्रपाका रोशन शाहले ७३ मत, राष्ट्रिय जनमोर्चाका उम्मेदवार चन्द्रप्रसाद शाहीले २९ मत, प्रलोपाका उम्मेदवार सन्दीप पुनले १८६, नेसनल मङ्गोल अर्गनाइजेसनका उम्मेदवार ज्योति रोका मगरले ५४ मत, नेसनल रिपब्लिक नेपालका उम्मेदवार धर्मकुमार बुढाले ४८, नेपाली कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवार जुद्धबहादुर बुढा मगरले ४०, जनता समाजवादी पार्टीका उम्मेदवार शिरबहादुर बुढाले पाँच मत प्राप्त गरेका छन् । जसमा ४३५ मत बदर भएको छ । अहिले पुथा उत्तरगङ्गा गाउँपालिका–९, १०, ११, १२, १३ र १४ को मत गणना जारी छ । त्यसपछि अन्तिम मत परिणाम घोषणा गरिने छ ।

वि.सं.२०८२ फागुन २२ शुक्रवार १८:१२ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...