back
CTIZAN AD

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

वि.सं.२०८२ फागुन २२ शुक्रवार

621 

shares

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले अग्रता बढएका छन् ।

सुरुदेखि नै अग्रस्थानमा रहेकानेपाली कांग्रेसका जनकराज चौधरीलाई पछि पार्दै ज्ञवालीले दुई हजार ७२४ मत प्राप्त गरी अग्रता बढाउका हुन् ।

कांग्रेसका चौधरीले दुई हजार ५७६ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले एक हजार ५८७ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कैलाली क्षेत्र नं २ मा नेकपा (एमाले)का सूर्यबहादुर शाहले ९३२ मत प्राप्त गरी अग्रता बताएका छन् । उनलाई नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ८१० मत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नन्दबहादुर साउदले ८०५ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।

क्षेत्र नं ३ को मतगणना परिणामअनुसार नेकपाका वीरमान चौधरी ९४२ मत प्राप्त गरी अग्रता लिएका छन् । उनलाई रास्वपाका जगत जोशीले ८६२ मत र नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीले ८१५ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

क्षेत्र नं ४ को जारी मतगणनामा रास्वपाका खेमराज कोइरालले १८४ मत प्राप्त गरी सुरुआती अग्रता बताएका छन् । उनलाई नेपाली कांग्रेसका गोरखबहादुर विष्टले १३२ मत र नेकपा (एमाले)का लेखराज भट्ट १०६ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)मा रास्वपाका आनन्दबहादुर चन्दले सुरुदेखि नै अग्रता कायम राखेका छन् । पछिल्लो मतगणनाअनुसार उनले छ हजार ७३ मत प्राप्त गरेका छन् । उनलार्ई नेपाली कांग्रेसका नरनारायण शाहले दुई हजार ३४८ मत र नेकपा (एमाले)का यज्ञराज ढुङ्गानाले एक हजार ५२० मत प्राप्त गरी पछ्याइरहेका छन् ।

वि.सं.२०८२ फागुन २२ शुक्रवार १८:५९ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...