१६ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य युवा नेतृ राम कुमारी झाक्रीले पर्यटनमन्त्री योगेश भट्टराई भुंग्रोमा परेको बताएकी छन् ।
उनले प्रधानमन्त्री केपी ओलीप्रति इगिंत गर्दै भनेकी छन् ‘आफ्नै कारण अप्ठ्यारो परेकाले केही मुठ्ठी खुकुलो बनाउनुपर्यो ।’ चुनाव ताका प्रधानमन्त्री केपी ओलीले ताप्लेजुङमा सम्बोधन गर्दा नेता योगेश भट्टराईलाई जिताएर पठाउन ताप्लेजुङका जनतासँग आग्रह गर्दै आफूले मन्त्री बनाएरै छाड्ने बाचा गरेका थिए । नेतृ झार्कीले यसैलाई आफ्नै कारणले मुठ्ठी खुकुलो बनाउनु परेको भनेको जानकारहरु बताउँछन् ।
सामाजिक संजालमा लेख्दै झाक्रीले भनेकी छन्, ‘आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो । जसको कारण योगेश दाईलाई मन्त्री बनाईयो । सरकार अलोकप्रियताको भूंग्रोमा छ । दाई त्यही भूंग्रोमा पर्नु भयो ऐले । मेरो आमा भन्नु हुन्थ्यो जुन भूंग्रोमा परे पनि निस्कनुपर्छ । हो @yogesbhattarai भुंग्रोबाट निस्कनुपर्छ हार्दिकबधाई अनि शुभकामना !’