
नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखाले पहिलो पटक नेपालिज हेरिटेज तथा २०६ औ आदीकवि भानुभक्त आचार्यको जन्म जयन्ती भव्यताका साथ मनाएको छ।
न्युयार्क सिटीको क्विन्सबोरो प्रेसीडेन्ट मेलिन्दा काट्ज र जिपि कोइराला फाउण्डेसन अमेरिकाले न्युयोर्कमा पहिलो पटक नेपालिज हेरिटेज तथा २०६ औ आदीकवि भानुभक्त आचार्यको जन्म जयान्ती जुलाइ २७ को साँझ विशेष कार्यक्रमको रुपमा मनाएको हो ।
ज्याक्सनहाइटस्थित जुइस सेन्टरमा आयोजित कार्यक्रममा हिन्दु धर्मका पण्डित गुरु मित्र शर्मा, बौद्धधर्म गुरु लामा टुल्कु उर्गेन शेर्पा, ईस्लाम धर्म गुरु मोहम्मद रशिद र क्रिरश्चिन धार्मिक गुरु पास्चर एमानुयल एसेहरुको मन्त्रचरणको साथ कार्यक्रमको शुरुवात गरिएको थियो । कार्यक्रममा न्युयोर्क सिटिको क्वीन्सबोरो प्रेसिडेन्ट र मेयर कार्यालयका प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रम नेपाली तथा अमेरिकी राष्ट्रिय गान गाएर सुरु भएको थियो। एस्थर डुक्लिएरले आफ्नै सुरीलो आवाजमा अमेरिकी राष्ट्रिय गान गायकी थिइन।
उक्त अवसरमा जिपि कोइराला फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले न्युयोर्क सिटिसगं मिलेर पहिलो पटक न्युर्योकमा नेपालिज हेरिटेज र भानु जयन्ती कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी ब्यक्त गदै उपस्थित सवै अतिथिहरुलाई स्वागत गरेका थिए । यस कार्यक्रममा प्रमुख अतिथि पुर्व सासंद, पुर्व सचेतक तथा लेखक डाक्टर शोभाकर पराजुली र उपस्थित विशेष अतिथिहरुलाइ खादा ओढाइ फाउण्डेसनकी कोशाध्यक्ष ब्रेन्दा राईले सम्मान तथा स्वागत गरेकी थिइन्। विशेष अतिथिहरु नेपाली काँग्रेस जिल्ला कोशाध्यक्षहरुको राष्ट्रिय समितिका उपाध्यक्ष एवं नेपाली काँग्रेस धादिङका कोशाध्यक्ष बाबुकृष्ण सापकोटा, क्विन्सवोरोका डेमोक्रेट डिसट्रीक लिडर एन्थोनि एन्ड्रयुज, वरिष्ठ कानुनविद नरेश गेही, सेनेटर जन लु का चिफ अफ स्टाफ अस्कर पटेल, न्युयोर्क सिटि मेयर अफिसका सिनियर कम्युनिटि ल्याजन रोहन नरिनहरु थिए ।
आइसिसिडि इन्टरफेथका अध्यक्ष एमडि आरसलाम, वल्ड योगा फेडरेसनका अध्यक्ष तथा सिइओ दिलिपकुमार तानकपान गुरुजी तथा नेपालि समाजमा विशेष योगदान पु¥याएका वरिष्ठ समाजसेवीहरु क्रमशः डाक्टर तारा निरौंला, डाक्टर कमल पाण्डे, डाक्टर गोविन्द कोइराला, राम खत्री , बन्दना कोइराला, अजय छेच्छुन, रतन लामा, नेका नेत्रीद्वय गोमा सेन र राजन बिस्वकर्मा, ने का नेता बेद खरेल, हरिश हमाल, अन्तराष्ट्रीय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीकी अध्यक्ष गीता खत्री , अन्तराष्ट्रीय नेपाली साहित्य समाज न्युयार्कका अध्यक्ष राजेन्द्र श्रेष्ठ, तामागं समाज उत्तर अमेरीका न्युयार्ककी अध्यक्ष गोमा योन्जन, कोरियन अमेरिकन फ्लसिङका अध्यक्ष युन सन, युनाइटेड वि स्टेण्ड का अध्यक्ष तथा युनियन नेता अरमुघन असर, न्युयार्क मुस्लिम सेन्टरका पुर्व अध्यक्ष सलिम सहिद, लेखीका रहमिना अक्तर, कवियत्री वेला कादिर, वरिष्ठ पत्रकार द्वोय आङ छिरिङ शेर्पा र बि के नेवा तथा विभिन्न समुदायका विशिष्ट व्यक्तिहरु र फाउण्डेसन को तर्फवाट उपाध्यक्ष सुवर्ण लामा, कोशाध्यक्ष ब्रेन्दा राई, केन्द्रीय सदस्य हरु क्रमशः प्रेम पौडेल, छिरिङ राप्के लामा, शारदा झेत्री, राम श्रेष्ठ, बिमल डागीं, बिष्णु सिहं बैंजु, श्याम कार्की हरु लगाएत को उपस्थिति रहेको थियो।
सो कार्यक्रममा क्विन्सबोरो प्रेसिडेन्ट मेलिन्दा काट्ज कार्यालयको कम्युनिटि एफेयर डाइरेक्टर डाक्टर महममद हकले नेपालको प्रजातन्त्र, शान्ति र विकासमा योगदान पु¥याएका स्व गिरिजाप्रसादको नाममा स्थापित जिपि फाउण्डेसनसँग सिटिले मिलेर नेपाली पहिचानको कार्यक्रम गर्न पाएकोमा खुसी ब्यक्त गदै यस किसिमको कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए । कार्यक्रममा नेपाली समुदायको पहिचान झल्कने विभिन्न समुदायहरुको नृत्यहरु समावेश गरेर समुदायलार्र नृत्यवाट केही सिकौं भन्ने उद्देश्य लिएर अमेरिका भ्रमण गरेका नेपालि युवा कलाकारहरु मिलेर बनाइएको सस्थां नेपाल हिपअप फाउण्डेन का नौ जना कलाकारहरुले ज्ञानवर्धक नृत्य प्रस्तुत गरेका थिए । हिपअप फाउण्डेसनका सस्थापक दिपेश थापाले फाउण्डेसनको वारेमा प्रष्टाएका थिए । प्रेम पौडेल र हेमन मल्ले हिपअप फाउण्डेसन का सस्थापक दिपेश थापालार्इ सम्मान गरेका थिए। नेवा गुठी न्यु(यार्क को प्रतिनिधि गर्दै कविना महर्जनले मन्जुश्री नृत्य प्रस्तुत गरेकी थिइन भने वरिष्ठ गायिका संगीता मुखीया ले आफ्नो लुकेको प्रतिभा एन्जेल लाहमु गुरुगं र छिरिङ डाइना शेर्पा सगं नृत्य गरेर सबैलाई चकित पारेका थिए । सारा पौडेल, रिया तामागं र रिन्चेन लामाको दमदार नेपालि नृत्य प्रस्तुति थियो ।
कार्यक्रमको अन्त्यमा लोकगीतका बरिष्ठ कलाकारद्वय गायक बिमल डांगी र संगीता थापाको प्रस्तुतिले सबै अतिथिहरु नाचेका थिए भने बरिष्ठ वाध्यवाधक नुच्छे नारायण डंगोलको दमदार प्रस्तुति थिथो। बरिष्ठ गायक राम श्रेष्ठले आफ्नो अमुल्य समय खर्च गरेर माईक र साउण्ड सिस्टम उपलब्ध गराएका थिए ।

कार्यक्रममा क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालयले १० जना नेपाली समुदायको व्यक्तित्वहरु मध्येबाट छानेर ३ जनालाई सम्मान गरेका थिए । पुरुस्कृत हुनेहरुमा डा गोविन्द कोइराला, एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पा र मिना कुमारी राई थिए ।पुरस्कृत व्यक्तित्वहरुलाई क्वीन्सबोरो प्रिसेडेन्टको कार्यालय, मेयर कार्यालयको प्रतिनिधि र जिपि फाण्डेसनले संयुक्त रुपमा सम्मान गरेका थिए भने डाक्टर गोविन्द कोइरालाले भानुको वारेमा कविता वाचन गरेका थिए ।
प्रमुख अतिथिले क्विन्स काउन्टीकका डेमोक्र्याटिक लिडर एन्थोनि डि एन्ड्र्युज लाई आफैले लेखेको पुस्तक ”Democracy and Socialism” उपहार दिंदै सबै कलाकारहरुलाई पुरस्कार वितरण र सम्मान गरेका थिए । भानु को सम्झनामा केही कविताहरु पनि प्राप्त भएको थियो।
अन्तयमा फाउण्डेशनका अध्यक्षले सबै उपस्थित महानुभावहरुलाइ धन्यवाद प्रकट गरेका थिए ।