१७ साउन, काठमाडौँ । नेपालको शान्ति प्रक्रिया आफ्नै मोडालिटीमा सम्पन्न हुने चरणमा पुगेकाले यसलाई नगिजोल्न नेपाल सरकारले अन्तराष्ट्रिय मित्र शक्तिहरुसँग आग्रह गरेको छ ।
पछिल्लो समय राष्ट्रिय मानवअधिकार आयोग विद्येयकलाई लिएर अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले प्रेस विज्ञप्ती जारी गरेपछि परराष्ट्र मन्त्रालयको यस्तो जवाफ आएको हो ।
नेपालको शान्ति प्रक्रियामा सुरुदेखि संलग्न रहेका मन्त्री प्रदिप ज्ञवालीले अन्तराष्ट्रिय समुदायको चिन्तालाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन् ।
परराष्ट्र मन्त्री ज्ञवालीले सबैैमित्र शक्तिहरुको चासोलाइ नेपाल सरकारले सकारात्मक रुपले बुझेकाले नेपाल सरकारको नियतमाथि सङ्का नगर्न आग्रह गरेका छन् ।
वि.सं.२०७६ साउन १७ शुक्रवार १३:२० मा प्रकाशित






























