back
CTIZAN AD

वित्तीय ज्ञानको अभावमा नेपालीहरु मरुभूमिमा भौतारिन्छन् –गर्भनर नेपाल

वि.सं.२०७६ साउन १८ शनिवार

1.1K 

shares

१८ साउन, पाल्पा । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले नेपालीहरू वित्तीय साक्षरतासम्बन्धी ज्ञानको अभावमा मरुभूमिमा भौतारिन पुगेको बताएका छन् । तिनाउ गाउँपालिकाको डुम्रेमा सञ्चालित ‘साइन रेसुङ्गा डेभलभमेन्ट बैंक’द्वारा आयोजित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रममा गभर्नर नेपालले नेपालीसँग अवसर र पैसा भए पनि वित्तीय साक्षरतासम्बन्धी ज्ञान र सीप नहुँदा खाडीमा दुःख पाइरहेको बताए ।

युरोप र अमेरिकामा नेपाली नागरिक ऋणमा रहेको गभर्नर नेपालले बताए । “घरघरमा बैंकिङ पहुँच रहे पनि व्यवसायभन्दा विदेशमा पैसा कमाउन जान चाहने प्रवृति नै गलत छ”, उनले भने, “सुन्दर र हरियाली मुलुकमा उत्पादनको क्षेत्र छ ।” बैंकबाट कर्जा लिई व्यवसाय गर्ने सम्भावना रहे पनि शिक्षा प्रणालीका कारण पढाई सकेर विदेश पठाउन अभिभावक बाध्य भएको उनले बताए ।

“अवसर छ, पैसा छ, बैंकले व्यवसायका लागि कर्जा प्रवाह गर्ने व्यवस्था छ । वित्तीय साक्षरतासम्बन्धी ज्ञानको अभावमा नेपाली विदेशिएका छन्”, गभर्नर नेपालले भने । कार्यक्रममा राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई, तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती, मस्याम बहुमुखी क्याम्पसका प्रमुख घनबहादुर कार्की, बैंकका कार्यकारी प्रमुख प्रकाश पौडेललगायतले उक्त क्षेत्रमा सञ्चालनमा आएको बैंकले स्थानीयवासीको आयशुक्रबार्रनमा टेवा पुग्ने बताए । बैंक सञ्चालनमा आएपछि तिनाउ गाउँपालिकाको कोलडाडा र मस्याम डुम्रे, तानसेन नगरपालिकाको मदनपोखरा, विन्दावन र जरपिपल तथा रिब्दीकोट गाउँपालिकाको ठिमुरे क्षेत्रका बासिन्दा लाभान्वित हुने बताइएको छ ।

वि.सं.२०७६ साउन १८ शनिवार ०९:११ मा प्रकाशित

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...