१८ साउन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज बेलुका सिंगापुर जाँदै छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली आफ्ना निजी चिकित्शक दिव्या सिंह शाहलगायतको टिमसँग शनिबार साझ बेलुका ९ ः४५ मा सिल्क एयरमार्फत् सिंगापुर जाने भएका हुन् ।
प्रधानमन्त्रीका सल्लाहकारका अनुसार प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा १ साता स्वस्थ्य परीक्षण गर्नेछन् ।
स्मरण रहोस्, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साउन १४ गते मंगलबार पत्नी सीताको उपचारका लागि सपरिवार दुवई पुगेका छन् भने अर्का अध्यक्ष ओली पनि आज उड्दै छन् ।
पार्टी एकताका तमाम कामलाई थाँती राखेर उपचारका लागि भन्दै दुवै अध्यक्ष विदेश जानुलाई अर्थपूर्ण रुपमा हेरिएको विश्लेषकहरु बताउँछन् ।