१८ साउन, काठमाडौं । बाढी र पहिरोमा परेर दोलखामा २ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि गौरीशंकर र जुगुखोलामा आएको पहिरोमा परी दुई जना बेपत्ता भएका हु्न् ।
गौरीशंकर गाउँपालिका–१ को झगरेमा पहिरोले घर पुरिँदा ५६ वर्षीय जगतबहादुर खत्री बेपत्ता बेपत्ता भएका छन् । त्यस्तै जुगुखोलामा आएको बाढीमा बगेर १९ वर्षीय निशान खड्का हराइरहेका छन् । बेपत्ता भएका दुर्वैको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । खोलामा बस खसेपछि त्यसमा रहेका आफन्तको उद्धारका लागि पुगेका खड्का आफैं नदीमा बगेर बेपत्ता भएका हुन् ।
गौरीशंकर गाउँपालिका–१ को झगरेमा बस्तीमाथिबाट खसेको पहिरोले १५ घरमा क्षति पुगेको जनाइएको छ । बस्तीका मान्छेहरुलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७६ साउन १८ शनिवार १२:४३ मा प्रकाशित




























