back
CTIZAN AD

मेस्सीलाई ३ महिना प्रतिबन्ध

वि.सं.२०७६ साउन १८ शनिवार

780 

shares

१८ साउन, काठमाडौं । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिना फुटबल टिमका क्याप्टेन लियोनल मेस्सीलाई ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

कोपा अमेरिका २०१९ दौरान प्रतियोगिताबारे कोपा अमेरिका फुटबलबारे नकारात्मक टिप्पणी गरेका कारण उनलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको हो । दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

३२ वर्षीय मेस्सी कोपा अमेरिकाको तेस्रो स्थानको खेलमा चिलीविरुद्ध रातो कार्ड खाँदै बाहिरिएका थिए । उनले खेल सकिएपछि रेफ्रीको निर्णयको विरोध गर्दै ‘‘प्रतियोगिता ब्राजिलले जित्न मिलेमतो भएको भन्दै भ्रष्ट’ को अभिव्यक्ति दिएका थिए ।

प्रतिबन्धसँगै उनीमाथि जरिवानासमेत लगाइएको छ । मेस्सीले ५० हजार अमेरिकी डलर तिर्नुपर्नेछ । तर, जरिवाना र प्रतिबन्धविरुद्ध मेस्सीले अपिल गर्न सक्नेछन् । त्यसका लागि मेस्सीले एक साताभित्र महासंघमा आफूमाथिको सजायविरुद्ध अपिल गर्न पाउनेछन् ।

आउँदो सेप्टेम्बर र अक्टुबरमा अर्जेन्टिनाले चिली, मेक्सिको र जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । यस प्रतिबन्ध कायम रहेमा मेस्सी ती कुनै पनि खेल खेल्न पाउने छैनन् । तर मेस्सीमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइए पनि उनी क्लब प्रतिष्पर्धामा भने सहभागी हुन पाउनेछन् ।

वि.सं.२०७६ साउन १८ शनिवार १३:०२ मा प्रकाशित

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...