१९ साउन, काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्वायरका लागि मर्जर समिति गठन गरेको छ ।
नेपाल राष्ट्र बैंकले लिएको लघुवित्त वित्तीय संस्थाहरुलाई एकआपसमा गाभ्ने/गाभिने र प्राप्ति गर्ने नीतिलाई सघाउने उद्देश्यले कम्पनीले समिति गठन गरिएको कमपनीले जनाएको छ ।
कम्पनीको सञ्चालक समितिको साउन १६ मा सम्पन्न बसेको २५० औँ बैठकको निर्णय अनुसार मर्जर तथा एक्वायरका लागि मर्जर समिति गठन गरिएको बताइएको छ । जसअनुसार सो समितिमा कम्पनीका सञ्चालक यज्ञप्रसाद शर्मा संयोजक रहेका छन् भने सदस्यमा सञ्चालक डा भृगुऋषि दबाडी, सञ्चालक रमेशकुमार रघुवंशी र सदस्य सचिवमा प्रमुख कार्यकारी अधिकृत अमराज खड्का रहेका छन् ।
कम्पनीले र्अका लागि हालसम्म कुनै पनि कम्पनी छनौट नगरिएको जनाएको छ ।
वि.सं.२०७६ साउन १९ आइतवार ०९:३० मा प्रकाशित






























