back
CTIZAN AD

रत्नपार्कमा अनसन बस्ने भट्टराईको चेतावनी

वि.सं.२०७६ साउन १९ आइतवार

984 

shares

१९ साउन, काठमाण्डौं । अष्ट ज अभियान नेपालका अध्यक्ष लोककृष्ण भट्टराईले रत्नपार्कमा अनशन बस्नका लागि तम्तयार रहन अष्ट ज अभियन्तालाई आग्रह गरेका छन् ।

अष्ट ज अभियान नोपल उपत्याका अभियन्ताको बैठक उद्घाटन गर्दै भट्टराईले राजनीतिक परिवर्तन धेरे भएपनि आर्थिक परिवर्तन हुन नसकेको, बर्तमान पुँजीको चरित्र दलालीमा आधारीत रहेको, नेतृत्वमा माटोलाई माया गर्ने संस्कृति अभाव रहेको, कृषक तथा उत्त्पादकलाई उत्प्रेरित गर्ने ठोस कार्ययोजना नरहेको भन्दै शाषक फेरिए पनि प्रवृत्ति नफेरिएको प्रति कटाक्ष गरेका थिए ।

कुल ग्राहस्थ उत्पादनमा झण्डै एकतिहाइ योगदान पुर्याउने र दुई तिहाइको आंकडामा कृषक रहेको भनिएको देशमा कृषि क्षेत्रलाई अवहेलना गरी २ प्रतिशत पनि नपुग बजेट छुट्याइएकोमा आक्रोश व्यक्त गर्दै उनलै उत्पादक र किसानहरु एक भएर नेतृत्वको सकारात्मक रुपान्तरण गराउनुपर्ने विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा अष्ट ज अभियानका महासचिव निलकण्ठ तिवारीले अष्ट ज अभियानद्धारा १० वर्षको अवधिमा गरिएका १८० कार्यक्रमको स्वरुप र प्रभाव बारे चर्चा गर्दै शसक्त र एकताबद्ध प्रयासविना उत्पादन, आत्मनिर्भरता, स्वाधीनता र समाजबादको कोर्ष पूरा नहुने बताए ।

पूर्वसांसद तथा अष्ट ज सहकारीका कार्यकारी प्रमुख हिमान्चलराज भट्टराईले मानव स्वास्थ्यलाई ख्याल गर्दै र उत्पादक देखि उपभोक्तासम्मको दूरीलाई छोट्याउने गरी स्वस्थ्य र सुलभ उपभोग्य सामाग्री दिन ‘ उ देखि उ सम्म’को व्यवस्थित बजार संचालन गर्न आवस्यक रहेको धारणा राख्दै उपत्यकाका सबै नगरमा यस्तौ बहश चलाउनुपर्ने धारणा व्यक्त गरे ।

‘उपत्याकामा अष्ट ज अभियानको संक्षिप्त गतिबिधि र अबको यात्रा’ नामक प्रतिवेदन पेश गर्दै अभियानका उपत्यका संयोजक कृष्णराम मगरातीले एकिकृत किसान आन्दोलनविना कृषिकमैत्री नीति नआउने र संगठन विना आन्दोलन नहुने धारणा राखेका थिए ।

अभियन्ता रामलाल श्रेष्ठको सभापतित्व, प्रकाश नेपालको संचालन, चन्द्रकला वास्तोलाको स्वागत मन्तव्य सहित अभियन्ता तथा व्यवसायिक कृषक गरी १३२ जनाको उपस्थिति रहेको सो कार्यक्रममा डा. ध्रुव भट्ट, गोविन्द अधिकारी, पुष्पराज शाही, किर्तनकृष्ण भट्टराई, कमला गुरुङ, संगीता बुढाथोकी, माधब गजुरेल, पुष्कर कैसी , होम बहादुर भुसाल लगायतका सहभागीहरुले योजना निर्माणदेखि बीउ, मल, सिंचाई, प्रकोपरक्षा, उत्पादन, प्रशोधन, भण्डारण र बजार सम्मका प्रशासनिक तथा प्राविधिक समस्या एवं साना किसानमाथि पनि नचाहिने कर थोपरेको प्रति गुनासो गरेका थिए । कार्यक्रममा कामनपा २६ का निर्वाचित सदस्य तीर्थकाजी डंगौललै ब्यबस्थित बजारका लागी हातैमालौ गर्न तयार रहैकौ बताएका थिए ।

उत्पादनमैत्री वातावरणका लागि घच्घच्याउन संगठन जरुरी रहेको भन्दै अभियानले उपत्यकाका १८ वटै नगरपालिकामा संगठनको प्रारम्भ गर्न संयोजकहरुलाई लिखित पत्रद्धारा मनोनयन गरेको थियौ ।

अभियन्ता प्रकाश नेपालका अनुसार काठमाण्डौं महानगरको संयोजकमा सुवर्ण तामाङ, दक्षिणकालीको संयोजकमा अशोक बलामी, चन्द्रागिरीको संयोजकमा रत्नलाल श्रेष्ठ, नागार्जुनमा निर्मला गिरी, तारकेश्वरमा विष्णु बहादुर तिवारी, टोखामा होम बहादुर भुसाल, किर्तिपुरमा संगिता बोगटी लामा, सुर्यविनायकमा प्रभुराम थापा, चांगुनारायणमा गंगा बहादुर माकजु, मध्यपुर ठिमीमा जयकृष्ण दुवाल, बुढानीलकण्ठमा सुविन थापा, कागेश्वरी मनौहरामा दावा लामा, शंकरापुरमा अच्युत दंगाल र ललितपुर महानगरमा जनकराज गिरी, गौदावरीमा लक्ष्मिकृष्ण महर्जन र महालक्ष्मिमा जीतैन यादवलाई संयोजक तोकिएको छ ।

भक्तपुरको भक्तपुर र काठमाण्डौंको गोकर्णेश्वरमा केही दिनभित्रै संयोजक तोकिने जानकारी गराइएको छ ।

उपत्यका संयोजक कृष्णराम मगरातीका अनुसार बैठकमा उपस्थित अभियन्तालाई उपत्यका भेला आयोजक समितिको सदस्यका रुपमा चयन गरिएकौ छ भने सम्बन्धीत नगरको भेला आयोजक सदस्यमा रहने गरी उपस्थित सबैलाई कार्यक्षेत्र तोकिएको छ ।

वि.सं.२०७६ साउन १९ आइतवार ११:४२ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...