back
CTIZAN AD

विद्यार्थीले गणितमा ३२ र नेपालीमा २० प्रतिशत अझै सिक्न सकेनन्

वि.सं.२०७६ साउन २० सोमवार

1K 

shares


२० साउन, काठमाडौँ । अझै सामुदायिक विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थीको गणितमा ३२ प्रतिशत र नेपाली विषयमा २० प्रतिशत सिकाइ कमजोर रहेको पाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र र शिक्षा पत्रकार सञ्जालले आज यहाँ ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण–२०७४ को नतिजा’ सार्वजनिक कार्यक्रममा केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले गणितमा ३२ प्रतिशत र नेपालीमा २० प्रतिशत विद्यार्थीले कक्षामा सिक्न नसकेको अध्ययनले देखाएको बताए।

केन्द्रले २०७४ सालमा २४ जिल्लाका एक हजार चार सय विद्यालयमा २८ हजार ३८१ विद्यार्थीहरुबीच नेपाली र गणित विषयमा गरेको अध्ययनको अवस्थाका बारेमा अध्ययन गरेको थियो । महानिर्देशक पाण्डेका अनुसार गणितमा प्रदेश नं । २ र नेपालीमा गण्डकी प्रदेशको सिकाइ उपलब्धि राम्रो देखिएको छ ।
यस्तै गणितमा प्रदेश नं. ५ र नेपालीमा कर्णाली प्रदेशका विद्यार्थीको सिकाइ कमजोर देखिएको छ । नेपालीमा कर्णाली, प्रदेश नंं.३ र सदूरपश्चिम कमजोर तथा गणितमा प्रदेश नं. १, प्रदेश नं. ५ र कर्णाली प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको प्रतिवेदनमा भनिएको छ ।

विद्यार्थीको सिकाइ राष्ट्रिय औषत उपलब्धि पाँच सय मानिएको छ । प्रतिवेदनमा पाँच सय अङ्कभन्दामाथि ल्याउने राम्रो सिकाइ र पाँच सय भन्दामुनि ल्याउने न्यून सिकाइ मानेको छ । गणितमा प्रदेश नंं २ का विद्यार्थीको सिकाइ उपलब्धि सबैभन्दा उच्च (५२१) देखिन्छ भने प्रदेश ५ मा सबैभन्दा न्यून (४८६) रहेको छ ।

यसैगरी राष्ट्रिय औसतसँग तुलना गर्दा प्रदेश १, ५ र कर्णालीको उपलब्धि क्रमशः ४९४, ४८६ र ४९६ राष्ट्रिय औसत (५००) भन्दा न्यून रहेको छ । त्यस्तै प्रदेश नं. ३ र गण्डकीको क्रमशः ५०५ र ५०३ राष्ट्रिय औसतभन्दा उच्च रहेको छ भने सुदूरपश्चिम प्रदेशको राष्ट्रिय औसतसँग बराबर पाँच सय रहेको छ ।

यसैगरी नेपालीमा कमजोर सिकाइ कर्णाली प्रदेश र राम्रो सिकाइ गण्डकी प्रदेशको छ । कर्णाली प्रदेशका विद्यार्थीको सिकाइ ४८८ र गण्डकी प्रदेशको सिकाइ ५११ रहेको छ । नेपाली विषयको सिकाइ उपलब्धिमा प्रदेश नं– २ को पनि कमजोर ४८९, सुदूरपश्चिम ४९१, प्रदेश नं. ५ को ४९६, प्रदेश नंं १ को पाँच सय, प्रदेश नंं ३ को ५०६ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सिराहा उच्च, भोजपुर न्यून

गणित र नेपाली विषयमा भोजपुर जिल्लाको सिकाइ न्यून तथा सिराहा, ललितपुर र चितवन जिल्लाको सिकाइ राम्रो देखिएको प्रतिवेदनमा भनिएको छ । भोजपुरको उपलब्धि सबैभन्दा न्यून (४६८) र सिराहाको उपलब्धि सबैभन्दा उच्च (५२३) देखिएको महानिर्देशक पाण्डेले जानकारी गराए ।

विद्यालयमा शिक्षकले गृहकार्य दिने, गृहकार्य परीक्षणगर्ने र त्यसको पृष्ठपोषण दिने गर्दा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभावपर्ने र गृहकार्य नदिने वा दिएर पनि परीक्षण नगर्दा त्यसबाट सिकाइमा कुनै सहयोग नपुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी विद्यार्थीमा शिक्षक र विद्यालयप्रति भएको सकारात्मक धारणाले उनीहरुको सिकाइ उपलब्धिसँग सकारात्मक सहसम्बन्ध राखेको पाइएको छ । यसैगरी विद्यार्थीको सिकाइ उपलब्धिमा विद्यालयमा सहपाठीबाट हुने विभिन्न प्रकारका दुरव्यवहारका कारणलेसमेत नराकात्मक असर पार्ने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विद्यालयमा कुनै न कुनै प्रकारको दुरव्यवहार महसुस गर्ने विद्यार्थी ४७ प्रतिशत रहेका छन् । जतिधेरै दुरव्यवहारको सामना गर्नुपर्ने हुन्छ, विद्यार्थीमा त्यति नै सिकाइ कमजोर हुने गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ठीक उमेरमा ठीक कक्षामा भर्ना

ठीक उमेरमा ठीक कक्षामा अध्ययन गर्ने विद्यार्थीको सिकाई उपलब्धि राम्रो देखिएको अध्ययनले देखाएको केन्द्रका शाखा अधिकृत श्यामप्रसाद आचार्यले जानकारी दिए।

अध्ययनले कक्षा ५ का विद्यार्थीका लागि सिकाइको लागि सबैभन्दा उपयुक्त उमेर ११ वर्षमा हुने गरेको छ । ११ वर्षका उमेरको सिकाइ उपलब्धि सबैभन्दा उच्च ५०१ देखिएको शाखा अधिकृत आचार्यले बताए ।

त्यस्तै १० वर्ष उमेर भएका विद्यार्थीको उपलब्धि पनि उच्च ९५०१० नै देखिन्छ । उमेर ९ वर्ष वा सोभन्दा कम भएका विद्यार्थीको औसत सिकाइ उपलब्धि ४९८ अङ्क रहेको अध्ययनमा देखिएको छ ।

त्यस्तै १२ वर्ष, १३ वर्ष र १४ वर्ष वा सोभन्दा बढी उमेर भएका विद्यार्थीको सिकाइ उपलब्धि क्रमशः ५००, ४९४ र ४९२ अङ्क रहेको छ । कुनै खास कक्षाका लागि तोकिएको उपयुक्त उमेरभन्दा बढी र कम उमेर हुँदा सिकाइ उपलब्धिमा समेत असर पर्ने केन्द्रका शाखा अधिकृत आचार्यले बताए ।

केन्द्रका महानिर्देशक पाण्डेले विद्यार्थीको सिकाइमा परिवर्तन भइरहेको बताउनुभयो । ‘‘पढाइमा आएको परिवर्तनले सिकाइ उपलब्धि बढाइरहेको छ’’ उनले भने, ‘तर पनि अहिलेको अवस्थालाई सन्तोष मान्न सकिन्न ।’’

प्रतिवेदनमा विद्यार्थीको सिकाइमा गृहकार्य, अतिरिक्त कक्षाको व्यवस्था, आमाको शिक्षाको प्रत्यक्ष र सकारात्मक प्रभाव समेत पर्ने गरेको उल्लेख गरिएको छ । कार्यक्रममा शिक्षाविद् डा विद्यानाथ कोइराला र डा मनप्रसाद वाग्ले सिकाइ उपलब्धि अझै सोचे अनुसार नभएकाले सिकाइ उपलब्धि बढाउनुपर्ने धारणा राखे।

राष्ट्रिय अभिभावक महासङ्घ नेपालकाका संयोजक सुप्रभात भण्डारी, शिक्षक महासङ्घका तिलक कुँवर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) का सहअध्यक्ष डिके ढुङ्गाना, र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याव्सनण्का महासचिव सुभाष न्यौपाने लगायतले सिकाइ उपलब्धिमा सुधार गर्नुपर्ने बताए । (रासस)

वि.सं.२०७६ साउन २० सोमवार १७:०९ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...