back
CTIZAN AD

‘सम्पदा मार्ग’ निर्माण गर्दै कामपा

वि.सं.२०७६ साउन २० सोमवार

1.1K 

shares


२० साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घनाबस्तीका बीचमा समेत रमणीय वातावरणमा पैदल यात्राका लागि ‘सम्पदा मार्ग’ निर्माण गर्ने भएको छ । हनुमानढोकाबाट स्वयम्भूसम्मको पदयात्रा निर्माणका लागि गुरुयोजना बनिसकेको महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।

आन्तरिक र बाह्य दुवै खालका पर्यटकलाई आकर्षित गर्न सो मार्ग निर्माण गर्न लागिएको उहाँले जानकारी गराए । हिँड्नका लागि रमणीय वातावरण बनाउन कामपा, शहरी योजना आयोगले डिजाइन गरिसकेको छ । यो मार्ग नयाँ नभएर पुरानै मार्ग भएको उनको भनाइ छ । उनले भने, “पहिलेदेखिको सो मार्ग ब्यूँताउनका लागि मात्रै हामीले योजना बनाएका हौँ ।”

सम्पदा मार्गले पर्यटकसँगै स्थानीयवासीलाई समेत फाइदा गर्ने प्रवक्ता डङ्गोलले बताए । घनाबस्तीका कारण काठमाडौँमा हिँड्ने ठाउँ बाँकी नरहेकोे उनको भनाइ छ । अहिले कतिपयले रोगका कारण त कतिपयले त्यसै पनि नियमितरुपमा हिँड्न चाहेका उनले बताए । ज्येष्ठ नागरिक बिहान साँझ हिँड्न चाहँदा पनि सवारी चापका कारण हिँड्न सकिरहेका छैनन् । उनले भने, “पैदलयात्रु मात्रै हिँड्ने मार्ग निर्माण गरेपछि बालकदेखि वृद्धसम्म सबै निर्धक्क हिँड्न सक्नेछन् ।”

शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले आयोगले आगामी आवको कार्यक्रममा परेका ४२ आयोजना जस्तै सम्पदा मार्गका लागि डिजाइन भइसकेको बताए । सो मार्ग हिँड्दा सबै उमेर र सबै क्षेत्रका व्यक्तिलाई आनन्द लाग्ने गरी डिजाइन गरिएको छ । उनले भने, “मार्गमा परेका कतिपय घरलाई क्षतिपूर्ति दिएर भए पनि योजना अघि बढाउनुपर्छ ।” महानगरले सम्पदा मार्गको निर्माण सम्पन्न भएपछि पशुपतिदेखि बौद्धसम्मको समेत सम्पदा मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बनाएको छ । (रासस)

वि.सं.२०७६ साउन २० सोमवार १७:४६ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...