back
CTIZAN AD

विभिन्न स्थानमा आगलागीबाट धनमाल जलेर नष्ट

वि.सं.२०७६ साउन २१ मंगलवार

834 

shares

२१ साउन, काठमाडौं । भोजपुर, सिराहा र मोरङका विभिन्न स्थानमा भएका आगलागीबाट करिब १ करोड ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

भोजपुर, हतुवागढी गाउँपालिका – ८ का ईश्वरबहादुर तामाङको घरमा सोमबार बिहान आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो।

त्यस्तै, लहान नगरपालिका -१ स्थित दुर्गाबहादुर बिकको ग्यारेजमा मंगलबार बिहान आलगागी हुँदा ग्यारेज तथा ग्यारेजभित्र रहेको पाटपूर्जा पूर्णरुपमा जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

यसैबीच मोरङ, लेटाङ नगरपालिका- ६ घुम्ती बस्ने मेस बहादुर बिक लगायत ३ जनाको घरमा मंगलबार बिहान आगलागी हुँदा तीन वटै घर जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगालगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २१ मंगलवार १३:१९ मा प्रकाशित

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु...

दुई सय केजी गाँजा बरामद

दुई सय केजी गाँजा बरामद

इनरुवा (सुनसरी) । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २००...

पहाडी र हिमाली भागमा हल्का वर्षाको सम्भावना

पहाडी र हिमाली भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज बिहीवार : कुन-कुन राशिलाई कस्तो फल ?

आज बिहीवार : कुन-कुन राशिलाई कस्तो फल ?

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...