back
CTIZAN AD

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

वि.सं.२०७६ साउन २१ मंगलवार

912 

shares

२१ साउन, काठमाडौं । उदयपुर, दाङ, कैलाली र नवलपरासी(पश्चिम)मा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका -९ गैरुनस्थित सडकमा स.५ प ३६३७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने मनमाया श्रेष्ठको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रियुगा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी दाङ, गढवा गाउँपालिका -५ बाँकीचोकस्थित सडकमा लु.५ प ९७११ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही गाउँपालिका सोनपुरुवा बस्ने गंगाराम यादवको लमही अस्पताल दाङमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कैलाली, गौरीगंगा नगरपालिका– ८ लिक्मास्थित भित्री सडकमा सोमबार साँझ से.४ प ७६११ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री धिमु चौधरीलाई थप उपचारको लागि मेडीकल कलेज कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच नवलपरासी सुनवल नगरपालिका -१२ हरनैयास्थित सडकमा लु.४० प ३७९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक रामग्राम नगरपालिका १० बस्ने अम्मरजित चौधरीको घट्नास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २१ मंगलवार १३:०३ मा प्रकाशित

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...