back
CTIZAN AD

पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सांसदको माग

वि.सं.२०७६ साउन २१ मंगलवार

1.1K 

shares


२१ साउन काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिपूर्ति र पीडितलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरु प्रमोद शाह, बालकृष्ण खाँड, देवप्रसाद तिमिल्सिना, तेजुलाल चौधरी, ध्रुवकुमार शाही, पदमनारायण चौधरी, दुलारीदेवी खत्वोनि, पूर्णकुमारी सुवेदी, पार्वता डिसी चौधरी, देवेन्द्र पौडेल, प्रमिला राईलगायतले बाढीपहिरोका कारण जनता घरवारविहीन हुँदादासमेत सरकारको ध्यानाकर्षण हुन नसकेको बताए ।

सांसद टेकबहादुर बस्नेतले अधुरा आयोजनाबारे सरकार कसरी अगाडि बढिरहेको छ रु बोलपत्र कसरी गरिएको छ रु भन्ने प्रश्न गरे । सांसद डिला सङ्ग्रौलाले विराटनगर जुट मिलमा भएको भ्रष्टाचारबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे । सांसद दिलेन्द्रप्रसाद बडूले सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी नियुक्तिमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए ।

अर्का सांसद दीपकप्रसाद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा पनि नाका खुल्न सकेको छैन, सरकारले त्यस बारेमा पलल गरोस् भने । सांसद देवप्रसाद गुरुङले बाढीपहिरोका कारण भएको क्षतिपूर्तिबारे सरकारको ध्यानाकर्षण गराए । सांसद नरमाया ढकालले राष्ट्रिय महिला आयोगमा जतिसक्दो चाँडो पदाधिकारी नियुक्ति गर्नुपर्ने माग गरे।

सांसद नारायणप्रसाद खतिवडाले पत्रकार शालिग्राम पुडासैनीको मृत्युबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे । सांसद पदम गिरीले पोखरा–बाग्लुङ सडकखण्ड निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद पार्वताकुमारी विसङ्खेले दैलेखकी लक्ष्मी सुनारलाई पानी छोएको निहुँमा कुटपिट गरिएको भन्दै दोषीमाथि कारवाही गर्नुपर्ने माग रे । सांसद पुष्पा भुषालले सत्ताको आडमा सरकारी जग्गा कब्जा गर्ने क्रम बढ्दै गएको आरोप लगाए । (रासस)

वि.सं.२०७६ साउन २१ मंगलवार १५:०६ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...