back

टरिगाउँमा विमानस्थल सञ्चालन, दैनिक दुईवटा जहाज चल्ने

वि.सं.२०७६ साउन २१ मंगलवार

468 

shares
GLOBAL IME AD
NTC AD

२१ साउन, दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो ।

एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार भोलि साउन २२ गते बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौँका लागि नियमित दुई वटा विमानले अवतरण गर्ने भएका छन् । यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण सङ्ख्या बढाउन लागिएको उनको भनाइ छ । “यात्रुहरुको चाप निकै हुन थाल्यो, टिकट धेरै माग हुन थाल्यो”, उनले भने “त्यसैले हामीले हवाई उडानलाई थप गर्न लागेका हौँ ।”

लामोसमयदेखि बन्द रहेको उक्त विमानस्थललाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गएको वर्षदेखि नियमित बनाइएको हो । कुनै समय यात्रु नहुँदा विमान सञ्चालन हुन नसकेको उक्त विमानस्थल अहिले भने दैनिक दुई वटा उडान हुने भएका हुन् ।

विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम पनि अन्तिम अवस्थामा पुगेको निर्माण व्यवसायीका प्रमुख सुरेश आचार्यले बताउनुभयो । ६४ वर्षदेखि कहिले चल्ने र कहिले बन्द हुँदै गरेको टरिगाउँ विमानस्थल सञ्चालनका लागि लामो प्रयास भएको थियो । २०११ फागुन ११ मा परीक्षण उडान गरिएको विमानस्थल नियमित रूपमा चल्न नसक्दा यस क्षेत्रका बासिन्दालाई हवाई यात्रा गर्दा भैरहवा वा नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । गएको वर्ष कात्तिकदेखि उक्त विमानस्थलमा दैनिक सेवा दिन थालिएको हो । (रासस)

वि.सं.२०७६ साउन २१ मंगलवार १५:२१ मा प्रकाशित

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य...

कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुर । कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति...

बाँकेमा २० प्रजातिका चरा भेटिए

बाँकेमा २० प्रजातिका चरा भेटिए

  बाँके । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना...

वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु

वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु

जानकी (बाँके) । वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका...

रिडी मेलामा घरेलु सामग्रीहरु किनमेल गर्नेको घुइँचो

रिडी मेलामा घरेलु सामग्रीहरु किनमेल गर्नेको घुइँचो

गुल्मी । छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यसपटक घरेलु...