back
CTIZAN AD

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

वि.सं.२०८३ वैशाख ३० बुधवार

318 

shares

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल को अभिव्यक्तिलाई लिएर सत्ता र विपक्षबीच तीव्र विवाद उत्पन्न भएको छ।

थापाले संसद्मा बोल्ने क्रममा रास्वपाको सफलतालाई “अराजक जमातको अस्थायी गठजोड” भन्दै टिप्पणी गरेका थिए। साथै उनले नेपाली सेनासम्बन्धी प्रसंगसमेत उठाएको भन्दै रास्वपाका सांसद मनिष खनाल ले आपत्ति जनाए।

विवाद बढेपछि सभामुख डोल प्रसाद अर्याल ले संसदीय नियमावलीको व्यवस्था उल्लेख गर्दै उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन रुलिङ गरेका थिए। त्यसलगत्तै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।

यसक्रममा विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर पनि सरकारको आलोचना गरे। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै उनीहरूले संसद्मै राजीनामाको मागसमेत गरेका छन्।

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:१७ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...