back
CTIZAN AD

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

वि.सं.२०८३ वैशाख ३० बुधवार

315 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहका उपस्थितिको माग गर्दै आसनबाट उठेर विरोध जनाएपछि सदनको कारबाही स्थगन भएको हो ।

त्यसअघि बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको बताएका थिए ।

आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यक्रम थियो ।

आकस्मिक समय र शून्य समयमा सांसदहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेपछि सभामुख डिपी अर्यालले आव २०८३÷०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको जानकारी गराएका थिए । त्यसलगत्तै विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आसनबाट उठेर विरोध जनाए ।

सदनको कारबाहीमा अवरोध भएपछि सभामुख अर्यालले पटकपटक सदनलाई मर्यादित बनाउन आग्रह गरे । विपक्षी दलका सांसदहरुलाई आफूले बोल्न दिने आग्रह गर्दै सभामुखले सदनलाई मर्यादित बनाउन र सदनलाई नियमित सञ्चालन गर्नुपर्ने बताए ।

विपक्षी दलका सांसदहरुले लगातार विरोध जनाएपछि प्रमुख विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई बोल्न समय दिए । सांसद केसीले प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको दोहोराए । उनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको, सांसदहरुको धारणा सुन्नुपर्ने र जवाफ दिनुपर्नेमा जोड दिए । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने बेलामा नआए पनि सांसद ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रम जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज भएकाले छलफलमा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको बताए

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ऐनबहादुर महरले कार्यसूचीमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने विषय उल्लेख भएको बताउँदै उनको सदनमा उपस्थिति आवश्यक छ भने ।

सोही दलका सांसद गुरु बरालले प्रधानमन्त्रीको सदनमा उपस्थिति आवश्यक भएकामा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको अनुपस्थितिमा उनका तर्फबाट मन्त्रीले छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेस गर्नसक्ने व्यवस्था संसद्को नियमावलीमा रहेको जानकारी दिए ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय संसद्मा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको र आफूहरुले उनकोे धारणा सुन्न पाउनुपर्ने बताए ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि सदनमा प्रधानमन्त्रीको उपस्थिति आवश्यक भएको बताए ।

वि.सं.२०८३ वैशाख ३० बुधवार १४:०१ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...